तपाई पनि होसियार!!! ,टिकटक भिडियोले ३ वर्ष जेल साढे २२ लाख जरिवाना !

एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् ।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चोरी गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् । कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।

अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उल्लंघन गरेको ठहर गरेको छ । अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रामकतामा ठूलो अन्तर छ । एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको विरुद्ध छ ।’

प्रतिक्रिया दिनुहोस