शाहरुख खानकी छोरीले भनिन्, “काली हुदैमा कसैले बोक्सी बिरालो भन्नै पर्छ र ?”

बलिउडमा स्टार किड र नेपोटिजमको बारेमा खुलेर नै बिरोध हुने गरेको छ । बलिउड अभिनेत्री कंगना रनावतले नेपोटिजमको बारेमा बारम्बार कुरा उठाइरहेको छिन् ।

सुशान्त सिंह राजपुतको निधन पछि त झन बलिउड नै दुई धारमा बिभाजन भएको छ । अनन्या पाण्डे, सोनम कपुर, आलिया भट्टको अभिनयलाई लिएर दर्शकहरुले खुब ट्रोल गर्ने गरेका छन् ।

अब बलिउडमा डेब्यु गर्ने पालो शाहरुख खानको छोरी सुहाना खानको हो । उनी पनि सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोहरुलाई लिएर ट्रोलको शिकार भइरहेको हुन्छिन् ।

सामाजिक सञ्जालमा सुहानाले तस्बिर सार्वजनिक गर्दा उनलाई ‘काली बोक्सी’, ‘काली बिराली’, जस्ता कमेन्ट आउने गरेका थिए । सुहानाले ती कमेन्टलाई आफ्नो रंगका आधारमा आफूप्रति हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाएकी हुन् । सुहानाले आफ्नो बाहिरी आवरण र छालाको रंग हेरेरै गलत प्रतिक्रिया गर्नेप्रति आपत्ति जनाएकी थिइन् ।

 

सुहानाले भनेकी छन्, ‘जब म १२ वर्षकी थिएँ, मेरो छालाको रंगको कारण म कुरुप छु भनेर मलाई भनियो, पूरा वयष्क पुरुष र महिलाहरुबाटै । दुखद कुरा के भने हामी सबै भारतीय हौँ, जुन स्वभाविक रुपमा खैरो देखिन्छ । हो हामी विभिन्न रंगका छौँ । तर जे भए पनि तपाईँले आफूलाई अस्वेतबाट कति टाढा राख्न सक्नुभयो भन्ने कुराले खासै मतलब राख्दैन, तपाईँले सक्नुहुन्न ।

२० वर्षीया सुहानाले आफूलाई १२ वर्षको उमेरदेखि नै हेर्ने तरिकाप्रति आपत्ति जनाएकी छन् । उनले यस्तो दृष्टिकोणबाट आफू निराश बनेको बताइन् । साथै आफ्ना तस्बिरमाथि आउने गरेका प्रतिक्रियाबारे उनले दुखी बनेको पनि बताइन् । सुहानाले आफ्नो छालाको कालो रंगकै कारण कुरुप भन्दै कमेन्ट गर्नेहरुप्रति आपत्ति जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस