७८ वर्षीय वृद्धसँग १७ वर्षीयाको धुमधाम विवाह, पेटमा बच्चा भएको खुलेपछि २२ दिनमै डिभोर्स

काठमाडौं । पछिल्लो पुस्ताका मान्छेहरु विवाहमा उमेर, सम्पती लगायत कुराहरुको प्रवाह गर्दैनन् । नेपालमा पनि ठुलो उमेर अन्तरमा विहे गरेका जोडीहरुको संख्या धेरै रहेको छ । तर विश्व हैरान हुने घटना नेपालबाट नभई इन्डोनेसियाबाट बाहिर आएको छ ।

केही दिन अघि ७८ वर्षीय वृद्धको १७ वर्षीया किशोरीसँगको वैवाहिक बन्धनको चर्चा विश्वभर रहन सफल भएको थियो । तर अचानक उनीहरुले एकअर्कासँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको जानकारी दिएर सबैलाई अच्चममा पारेका छन् । आज हामी उनीहरुले आखिर किन विवाहको २२ दिनपछि सम्बन्धविच्छेदको निर्णयमा पुगे त्यसका बारेमा जानकारी लिउँः

विवाहको २२ दिन पछि, दुलाहले यो निर्णय गरे कि अब उनले किशोरीसँगको सम्बन्ध तोड्नुपर्छ । इन्डोनेसियाका ७८ वर्षीय आबा सरनाले अक्टोबरमा १७ वर्षीया नोनी नवितासँग विवाह गरेका थिए । विवाहको २२ दिन पछि, दुलहाले उनको सुन्दर पत्नीबाट अलग हुने निर्णय घोषणा गरेका हुन् । दुलहाले सम्बन्ध विच्छेदको लागि अदालतमा अनुरोध गरेका छन् ।

जब उक्त जोडीले सामाजिक सञ्जालमा चर्चा कमायो, अब उनीहरु अलग हुने निर्णयमा पुगेका छन् । ती किशोरीका परिवारका सदस्यहरू पनि चकित परेका छन् । उनीहरूले कुनै त्यस्तो समस्या देखेनन् जसले सम्बन्ध विच्छेद नै गर्नु पर्ने अवस्थाको सिर्जना होस् ।

दुलहीकी बहिनी इयानले आफुहरुले अदालतबाट सम्बन्ध विच्छेदको सूचना पाएको जानकारी गराइन् । उनले त्यो खबर सुनेर सबै चकित भएको पनि जानकारी गराएकी छिन् । उनले भनिन्, ‘किनभने विवाह पछि दुवैको बीचमा सब ठीकठाक चलिरहेको थियो ।

दुलहाको बारेमा हाम्रो परिवारबाट कुनै गुनासो थिएन ।’ तर दुलहाको परिवारको तर्फबाट भने केहि समस्या आएको उनले स्वीकार गरेकी छिन् । यसकारण सम्बन्ध तोड्ने अवस्थामा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

दुलहाले किन सम्बन्ध विच्छेद गर्न लागेको भन्ने कुरा अझ गम्भीर भएर आएको छ । उनले अदालतले पठाएको सूचनामा दुलहीको विवाह अघि पेटमा बच्चा हुर्कदै गरेको आरोप लगाएका छन् । जसकारण उनले किशोरीबाट छुट्टिएर अलग बस्ने निर्णय गरेका हुन् ।

जबकि नोनीको परिवारले दुलहाको आरोप गलत भएको भन्दै आरोपको खण्डन गरेका छन् । विवाहमा दाईजोमा झण्डै ८० हजार रूपैयाँ (नगद) र दुई व्हीलर गाडी साथै घरका सामानहरू दिएको थियो । यो विश्वास गरिन्छ कि यो दाईजोको मुद्दा पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस