अक्षय कुमार आफ्नो छोरीको अनुहार किन लुकाउन चाहन्छन्, खुल्यो यस्तो रहस्य

एजेन्सी । बलिउडमा सुशान्त राजपुतको निधन पछि परिवारवादको वहस सुरु भएको छ । फिल्मी क्षेत्रमा रहेका बुवाआमाका छोराछोरीले फिल्ममा चर्चा कमाउने तर फरक क्षेत्रवाट आएका कलाकारले अवसर नपाउने भएका कारण सुशान्तले यस्तो निर्णय गरेको भन्दै वहस सुरु भएको हो । तर बलिउडका अर्का हस्ति अक्षय कुमार भने आफ्नो छोरीको अनुहार क्यामेराको सामुन्ने देखाउन चाहन्नन् ।

फिल्मी कलाकारको परिवार र उनको छोराछोरीको बारेमा सबैलाई चासो हुन्छ । करिना कपुर र सैफअलि खानका छोरा तैमुर सानै उमेरमा चर्चीत भएका छन् । उनको तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल हुनछन् । तर अक्षयकुमार भने यो सबै कुरा भन्दा फरक छन् । उनी आफ्नो छोराछोरीका बारेमा बाहिर कुरा पनि गर्दैनन् र उनीहरुलाई क्यामेरा सामुन्ने पनि ल्याउँदैनन् ।

अक्षय कुमारका फिल्म पारिवारिक हुन्छन् । उनी फिल्ममा जस्तै निजि जिवनमा पनि आफ्नो ब्यक्तिगत जिवन र परिवारलाई लिएर निकै संवेदनशिल छन् । उनले आफ्नो छोरी नितारालाई कहिल्यै पनि क्यामेराको सामुन्ने ल्याउँदैनन् । उनी नितारालाई कलाकार बनोस् भन्ने दवाव नहोस् भन्ने चाहन्छन् ।

फिल्मी दुनिया र क्यामेराको सामुन्ने आएपछि हुने चर्चाले उनको छोरीलाई असर नहोस् भन्ने कुरामा निकै होसियार रहेका अक्षय छोरीले आफुले चाहेको काम गरोस भन्छन् । त्यसैले पनि उनी छोरी कलाकारनै बनोस् भन्ने इच्छा राख्दैनन् । जसका कारण उनी छोरीलाई फिल्मी दुनिया र क्यामेरावाट लुकाएर राखेका छन् । अहिले बच्चाबच्चीको अध्ययन गर्ने समय भएका कारण उनीहरुको समय खेल्न र अध्ययन गर्नमै वितोस् भन्ने चाहन्छन् ।

फिल्मी क्षेत्रमा फिल्मी क्षेत्रमा रहेका कलाकारका छोराछोरी पनि अधिकांश कलाकार नै बन्ने गरेका छन् । तर अक्षय भने फरक चाहन्छन् । उनी आफ्नो छोराछोरीले फरक क्षेत्र रोजुन् भन्ने इच्छा राख्छन् । फिल्मी क्षेत्रका कलाकारका छोराछोरी प्रति मिडिया र सामाजिक सञ्जालमा हुने कौतुहलतावाट उनी आफ्ना सन्तानलाई टाढा नै राख्न चाहन्छन् ।

उनी आफ्नो छोरा सर्वसाधारणका छोराछोरी जस्तै स्वतन्त्र भएर अध्ययन गरोस्, उसलाई स्टारको छोरी भन्ने अनुभव नहोस् । छोरीको बालापन नखोसियोस् भन्ने कुरामा उनी निकै सम्बेदनशिल छन् । उनी सर्वसाधारणको बालबालिकाले जस्तो जिवन आफ्नो छोरीले पनि साधारण तरिकामै विताओस् भन्ने चाहन्छन् ।
Movie #मुभीमा​ नाईका बनाउछु भनेर होटलमा लगेर यस्त्तो गरेपछि भयो हंगामा /नाईका बन्न यस्त्तो चर्तिकला

प्रतिक्रिया दिनुहोस