यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति

काठमाडौँ– उनाकोटी मन्दिर त्रिपुराको राजधानी अगरतलाबाट करिव १४५ किलोमिटर टाढा रहेको छ ।मन्दिर पूर्वोत्तर भारतको सबैभन्दा ठूलो रहस्यमा गनिन्छ । यो स्थान धेरै वर्षसम्म अज्ञात रुपमा रहेको छ । तर अहिले पनि मानिस यो स्थानको नाम समेत जान्दैनन् ।

जंगलको बीचमा शैलिचित्र र मूर्तीहरूको भण्डार उनाकोटी जति अद्भूत छ, त्यति नै यसको चाखलाग्दो कहानी छ । यो मन्दिरमा कुल ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति छन् ।

जसको रहस्य आज पनि पत्रा लाग्न सकेको छैन । यो मूर्ति कसले बनायो, कहिले बनाइयो र किन बनाइयो र यसमा एक करोडमा एक मात्रै कम किन ? यसको रहस्य आजसम्म कसैले पत्रा लगाउन सकेका छैनन् ।

यसका कारणै मन्दिरको नाम उनाकोटी रहेको छ । अर्थात् करोडमा एक कम । यस स्थानमा भगवान गणेशको दिव्य मूर्ति छ, जसमा चार हात र बाहिर निकालिएका तीन दाँत छन् र आठ हातका दुई मूर्ति छन् ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस