अचम्म ! चारखुट्टे कुखुरा भेटियो…

चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ ।उत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा ।

दुनियामै कहीँ नभएको चार खुट्टे कुखुरा फेला परेपछि त्यहाँ ठूलै हंगामा नै भएको छ । उक्त कुखुरा निकै कौतुहलताको विषय बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।उक्त पसलमा कुखुराको मासु किन्न आएका मानिसहरु उक्त जिउँदो कुखुरालाई हेरेर कसैले त्यसलाई भगवानको रुप भन्दछन् भने कतिपयले त्यसलाई चमत्कार भन्दछन् ।

कतिपयले त यो चमत्कारी कुखुरा किन्नका लागि महंगो मूल्य तिर्न समेत तयार भैसकेका छन् । एक जना व्यक्तिले उक्त कुखुरा ४ हजार भारुमा आफुले किन्ने प्रस्ताव गरे । तर पसलका मालिक मोहम्मद कासिम तथा मोहसिनले उक्त अनौठो कुखुरा बेच्न अस्विकार गरेका छन्

भारतको राजस्थानको दक्षिणी शहर भीलवाडाको बनकाया मन्दिरमा प्रत्येक हप्ता वरिपरिका गाउँबाट सयौं महिलाहरूलाई भेला पारेर भूत भगाउने गरेको भेटिएको छ । भूत चढेको भनी यी महिलाहरूलाई एक मन्दिरमा अमानवीय यातना दिने गरिएको छ ।

झारफुक गर्ने मन्दिरका पुजारीले महिलाहरूको भूत हटाउनका लागि अनेकौं क्रूरता देखाउने गरेका छन् ।
महिलाहरूलाई टाउकोमा जुत्ता राखेर तातो घाममा लामो दूरी हिँड्न लगाइन्छ । जुत्ता पनि एकदम घिनलाग्दो हुने गर्छ । अझ महिलाहरू यस्तो फोहरी जुत्ता मुखले च्यापेर ल्याउँछन् अनि मन्दिरमा आएर त्यसबाटै पानी उबाएर पिउँछन् । जुन महिलालाई भूतप्रेतको धेरै समस्या हुन्छ, उसलाई झन् बढी यातना दिने गरिएको छ ।

भूत उतार्नका लागि उनीहरूलाई सिँढीमा क्रूरतापूर्वक घिसार्ने गरिएको छ । भूत चढेको भनिएका महिलाहरू प्रायः मानसिक रोगी हुन्छन् तर उनीहरूलाई मानसिक अस्पताल लानुको साटो अन्धविश्वासमा परेर अनेकौं अमानवीय व्यवहार गरिन्छन् ।

काठमाडौं । नेपालमा अहिले धर्म परिवर्तन एक सामान्य विषय भएको छ । लोभ र लालचमा लागेर धर्म परिवर्तन गर्ने र गराउनेहरु सक्रिय भएर लागेका छन् । सनातन धर्मको रक्षा गर्नका लागि पनि धेरै व्यक्तिहरु अगाडि आएका छन् । यस्तै जय मा महाकाली माता पनि धर्म परिवर्तनले धेरै अप्ठ्यारोमा पारेको बताउँनुहुन्छ ।

अहिले नेपालमा भइरहेको धर्म परिवर्तनलाई लिएर उहाँले खेद जनाउनु भएको छ । जीवित महाकाली उत्पती भएको भनेर विश्वास गरिएको सिन्धुपाल्चोकमा ध्यानमा रहनु भएकी माताले हालै जनबोलीसँग धर्म परिवर्तनलगायत आफ्ना व्यक्तिगत कुराहरु पनि खुलाउनु भएको छ ।

काठमाडौ । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनि यो अनिष्टको संकेत भएको बताउँनुभएको छ । उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ । जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंश सकिनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस