भाग्य हुनेको यस्तो हुन्छ: खेत जोत्दाजोत्दै एक किसान करोडपति बने, भेटियो यस्तो खजाना

एजेन्सी। इङल्याण्डका एक किसान खेत जोत्दाजोत्दै केही समयमै करोडपति बनेका छन् । यहाँका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । यहाँका एक ट्रेजर हन्टरले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना भेट्टाएका हुन् ।

३५ वर्षका ट्रेजर हन्टर माइक स्मेलले ब्रिडपोर्टमा एक किसानको खेतमा यति ठूलो खजना खोजी गरेका थिए । यी सिक्काहरु रोमन साम्राज्यका भएको र २ हजार वर्षभन्दा पुराना भएको बताइएको छ । खेतमा करिब ६०० सिक्का भेटिएका छन् ।यी सिक्काहरु एउटाको मूल्य ९०० पाउण्ड पर्ने बताइएको छ । यी सिक्काहरुको मूल्य निर्धारणको लागि पठाइएको छ । त्यसपछि यी सिक्काहरु संग्रहालयमा बेचिनेछ ।

उमेर करिब १२/१३ वर्ष । दैनिक ३० पुरुषबाट बलात्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव तस्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बलात्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक बलात्कृत हुने संसारकै पहिलो किशोरी हुन ।उनको भनाइअनुसार सो अवधिमा उनीमाथि दैनिक बलात्कार भएको थियो ।

मेक्सिकोकी एउटा गाउँकी कार्ला नियतिले पनि ठगिएकी युवती हुन् । पारिवारिक विखन्डनका कारण उनी सानैदेखि आमाबाट अपहेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । ‘म विखन्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौन दुव्र्यवहार भयो’ हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् ।

उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्करको पन्जामा परिन् । तस्करका मीठा शब्द र गाडी चढ्ने प्रलोभनमा उनी सजिले फसिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् ।

एउटा ‘सानो केटा’ आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए । बाह्रवर्षे बालिकालाइ फसाउनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्यवहारको सिकार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् ।

‘उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।’ कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् ।

‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन । तर उनको खतराका दिन सुरू भइसकेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस