१४ सन्तानकी आमा : जस्ले एकसाथ ८ बच्चा जन्माएकी थिइन

एजेन्सी-पछिल्लो समयमा धेरैजसो दम्पतिहरुले २ सन्तानसम्म जन्माउन चाहन्छन् । तर दुनियामा यस्तो महिला छन् जस्ले १४ बच्चाहरु जन्माएका छन। अमेरीकाको ४५ बर्षीय नादिया सुलेमान नाम गरेकी महिलाले १४ बच्चा जन्माएकी छन् ।

उनका ती १४ बच्चामध्ये सन् २००९ मा आठ बच्चा एकसाथ जन्माएकी हुन् । उनले विश्वमै एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।अक्टोममको नामले चिनिने सुलेमानले एकै गर्भबाट ८ बच्चा जन्माएसँगै संसारभर चर्चित भइन् ।

उनले एकसाथ ८ बच्चा जन्माउनु अगाडि ६ वटा बच्चा पहिले नै जन्माइसकेकी थिइन् । यद्यपी उनले टेष्टट्युब प्रविधिबाट गर्भाधान गरेका कारण उनका एकसाथ ८ बच्चा जन्मिएका थिए ।

एकै गर्भमा धेरै बच्चा जन्माउने कीर्तिमान कायम गरेर सेलिब्रेटी बनेका सुलेमानले घर धान्न मुस्किल भएपछि उअश्लील फिल्ममा काम गर्न सुरु गरिन् । तर पछि उनले एडल्ट फिल्मको काम छाडिन् ।त्यसपछि उनी क्यालिफोर्नियाको अरेन्ज काउन्टीमा रहेको आफ्नो घर फर्किइन् अनि त्यहाँ दुःखमा परेका महिलाहरुलाई परामर्श दिने जागिर पाइन् ।

अहिले उनले आफ्ना १४ वटै बच्चालाई राम्रोसँग हुर्काउन सकेकी छन् । नादियाका एकसाथ जन्मिएका ८ बच्चाले हालै १२ औँ बर्थडे मनाएका छन् । ती बर्थडेका तस्विरहरु पछिल्लो समय समाजीक सञ्जालमा भाईरल समेत भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस