जसले सहयोग गरेपनि हिसाब लेखेर राख्नुस म कमाएर फिर्ता गर्छु, ९ वर्षिय नाबालक

गरिबलाई समाज वा मान्छेले समेत हेपेको देखेको र भोगेका छौ तर त्यो भन्दा बढि भगवानले नै गरिबलाई हेपिरहेको हुन्छ। एउटा त्यस्तै घटना तुलसीमा देखा परेको छ । आमा लो पेसरका कारण मृ त्यु , बाबाले आखा देख्नु हुन्न घरमा खाना खाने अन्न छैन्।

बाबाले आँखा देख्नु हुन्न आमा मरी जानू भयो ।आमाको किरिया बसेको छु घरमा खाने चामल छैन । यस्तो हारगुहार गर्नेमा ९ वर्षिय नाबालक हुन सुमन विक । उनको तुलसिपुर ३ राम्री भन्ने ठाउमा खरले छाएको झुपडी छ ।

सुमन विकका आमाको माघ २१ गते लो प्रेसरका कारण मृत्यु भएको थियो ।बाउ जोख बहादुर विकले आँखा देख्दैनन।सुमनले भनेका छन्, जसले सहयोग गर्न चाहनु हुन्छ त्यो हिसाब लेखेर राख्नुस म ठूलो भए पछी कमाएर फिर्ता गर्छु । अहिले उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको कि’रिया बाट उत्रीने खर्च पनि छैन कसरी उम्कने होला ?

यो पनि पढ्नुहोस:

काठमाडौं, भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ।

यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ । भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्।यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ।

सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ। यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।

यो पनि पढ्नुहोस:

यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती जानी राखौ:वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ ।फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ । ३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस