कञ्चनपुरमा श्रीमानले आफ्नी श्रीमती अर्कै पुरुषसँग भेटेपछि…

काठमाडौं । कञ्चनपुरका एक पुरुषले आफ्नै कोठामा परपुरुषसँग भेटिएकी आफ्नी श्रीमतीविरुद्ध प्रहरीका उजुरी दिएका छन् । आफू बाहिर भएको मौका छोपेर श्रीमतीले परपुरुषलाई घरमा बोलाएको देखेपछि ती पुरुषले प्रहरीमा उजुरी दिएका हुन् ।

आफ्नी श्रीमतीलाई परपुरुषसँग भेटेपछि प्रहरीमा उजुरी दिनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ बस्ने विनोद नेपाली छन् ।

काम विशेषले बाहिर गएर घर फर्किने क्रममा कोठामा आफ्नी श्रीमती अर्कै पुरुषसँग भेटेपछि उनले कोठाको ढोका बन्द गरेर दुवै जनालाई कोठामै थुनिदिएका थिए ।

दुवै जनालाई कोठामा थुनेपछि उनले प्रहरीलाई खबर गरेका थिए । नेपालीले आफ्नो श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठामा थुनेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर बहादुर थापाले बताए ।

डीएसपी थापाका अनुसार बेलौरी नगरपालिका–८ का ४५ वर्षीय विवेक लम्साल र नेपालीकी ३८ बर्षीय श्रीमती कोठामा भेटिएका थिए ।

प्रहरीका अनुसार नेपालीले दुवै जनाले आफूमाथि गालीगलौज गरेको तथा अभद्र व्यहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । नेपालीले जाहेरी दिएपछि उनकी ३८ वर्षीया श्रीमतीसहित उनीसँगै कोठामा भेटिएका परपुरुष गरी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस