प्रेम र बिछोडका बारे एक अनुशन्धानले सबै झस्किने तथ्य बाहिर ल्यायो

एजेन्सी । प्रेम सम्बन्धसँग जोडिएको एक ब्रेकअप साइकोसिस सम्बन्धी अनुसन्धानले अचम्म लाग्ने तथ्य फेला पारेको छ । पछिल्लो समय छोटो समयमा नै प्रेममा पर्ने र छोटो समयमा नै छुट्ने क्रम बढ्दो छ ।

यही सम्बन्धी रिसर्च गर्ने क्रममा यो तथ्य फेला परेको हो । यस अनुसन्धानको अनुसार दुई जानको बीचमा जरुरत भन्दा बढी माया भयो भने त्यही कुरा नै बिछोडको ठूलो कारण बन्छ ।

मिसिगन युनिभर्सिटीका ह्युमन साइक्लोजी डिपार्टमेन्टद्वारा प्रकाशित उक्त रिसर्चमा दुई प्रेमी बिछोड हुनुको कारण बताइएको छ । विशेषज्ञका अनुसार युरोप तथा अमेरिका जस्ता देशमा वैवाहिक अथवा प्रेम सम्बन्ध टुट्नुको सबैभन्दा ठूलो कारण एक पार्टनरको विवाहको विषयलाई लिएर ज्यादा संवेदनशील हुनु मानिएको छ ।

खासमा अरुलाई धेरै माया गर्ने मान्छे आफू पनि अरुबाट त्यस्तै मायाको अपेक्षा गर्दछ । यदी उसको पार्टनरले यो कुरा बुझेन भने सम्बन्धमा दरार आउन सक्छ । यस रिपोर्टको अनुसार यो स्थिती सम्बन्धको लागि निकै हानिकारक हो । यस विषयमा एक पार्टनरले आफ्नो प्रेमको कुनै मूल्य नभएको कुरा सोच्दछ भने अर्को पार्टनर आफ्नो स्वतन्त्रता खोसेको भन्ने सोच्दछ । यस विषयले यस्तो अवस्था सिर्जना गर्छ दुबै जना सम्बन्धबाट छुटकारा पाउनेबारे सोच्दछन् ।

यसरी जोगाउनुहोस् सम्बन्ध
आजभोली कसैको नियन्त्रणमा बस्नु, स्वतन्त्रता गुमाउनु कसैलाई मन पर्दैन । प्रेम गर्नु र व्यक्त गर्नु अलग कुरा हो तर उसलाई तपाई उसलाई आफ्नो निर्णय लाद्न भने सक्नुहुन्न । यदि तपाईको पार्टनर तपाईको प्रेमको बारेमा प्रतिक्रिया दिदैन भने उसँग कुरा गर्नुस् तर हतारमा गलत निर्णय नलिनुस् ।

आफ्नो सम्बन्ध समयसँगै बलियो बनाउने कोशिस गर्नुस् । यदी तपाई समयसँगै परिवर्तन हुनुभएको छ तर तपाईको पार्टनरको चाहाना भने तपाई पहिले जस्तो हुनुहुन्थ्यो त्यस्तै रहेको हेर्ने हुनसक्छ । यसकारण समयका साथ आफ्नो सम्बन्धमा आएको परिवर्तनबारे छलफल गर्नुहोस् । सम्बन्ध बलियो बनाउनको लागि आपसी कुराकानी र छलफल निकै महत्वपूर्ण हुन्छ ।

के पार्टनरको कारण तपाईले आफ्नो पहिचान गुमाउनु परेको छ ? यदी यसो हो भने यस सम्बन्ध सुधार्नको लागि सोच्न शुरु गर्नुहोस् । यो सम्बन्ध तपाईको मानसिक रोगको कारण त बनेको छैन भन्ने कुरामा ध्यान दिनुहोस् । एजेन्सी

प्रतिक्रिया दिनुहोस