आमाको काखवाट खोसेर बुवाले एक महिनाको सन्तानलाई जब ७० हजारमा बेचे

एजेन्सी । आमाबुवाका लागि आफ्ना सन्तान नै सबैभन्दा ठूलो सम्पत्ती हो । सन्तानका लागि जस्तो सुकै दुख पनि सहन तयार हुन्छन् अभिभावक । तर कुनै यस्ता पनि अभिभावक हुन्छन् जसले आफ्नै छोराछोरी पनि बेच्न सक्छन् । भारतको हैदराबादमा एकजना त्यस्तै बाबु फेला परेका छन् । एक जना बुवाले आफ्नो एक महिनाको सन्तानलाई ७० हजार रुपैयामा बेचेका छन् ।

फुटपाथमा बस्ने एक व्यक्तिले बच्चालाई बचाए र बाल कल्याण विभागलाई हस्तान्तरण गरे। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बच्चा बेचिएको एक हप्ता पछि, उसकी आमाले श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिइन् । आमाले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा प्रहरीले पैसा दिएर बच्चा लिने अभिभावकलाई पनि फेला पारेको छ ।

सीसीटीभी फुटेजमा आधारित अनुसन्धान पछि उक्त महिलालाई फेला पारिएको हो । बच्चाका आमाबुबा फुटपाथमा बस्छन् र आफ्नो जीविका चलाउँछन्।

एक दम्पतीले केही दिन अघि उनै गरीब दम्पत्तीलाई देखेका थिए । उनीहरूले बच्चाका लागि ७० हजार रुपैया प्रस्ताव गरे। प्रहरीले अहिले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस