नाक लामो भएर नराम्री भएँ भन्दै नाक राम्रो बनाउन अस्पताल गइन्, दुबै खुट्टा गुमाएर आइन्

एउटी महिला आफ्नो नाकलाई अलिक सानो बनाउन चाहन्थिन् । उनलाई नाकको कारण आफ्र नराम्रो छु भन्ने लाग्दथ्यो । उनका साथीहरुले उनलाई प्लाष्टिक सर्जरी गर्न सुझाए र उनी अस्पताल गइन् ।

अस्पतालबाट फर्किदा भने उनको जीवन एक नराम्रो सपना जस्तै भयो । उनको नाक त उनले भने झैं आफ्नो ठाउँमा आयो तर उनका दुबै गोडा ठाउँमा थिएनन् ।

२५ बर्षे सेभिंक सेक्लिकको नाक सानो बनाउनको लागि टर्कीको राजधानी इस्तानबुलको निजी अस्पतालबाट नाक घटाउने शल्यक्रिया गरियो । सेभिंकलाई थाहा थिएन कि यो शल्यक्रिया उसको खुट्टा नहुनुको एक दिन कारण बन्छ ।

मिडिया रिपोर्टका अनुसार दुई घण्टा लामो शल्यक्रिया पछि उनको अवस्था ठीक थियो, तब डाक्टरहरूले उनलाई घर पठाए । घर जाँदै, सेभिंक ज्वरो बढ्यो । यद्यपि अस्पतालले भन्यो कि उसको अवस्था ठीक छ । दिन प्रतिदिन अवस्था झन् झन् खराब हुँदै गयो ।

शल्यक्रिया पछि उनी खाना पनि नखाई बिरामी परिरहिन् । उसको खुट्टा कालो भएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पछि जीवन बचाउन, खुट्टा का टि ए को थियो ।

अस्पतालले उनले खाएको चिकेनबाट फुड पो इ ज न भएर उनको खुट्टामा समस्या आएको बताएको छ । अदालतले यस सम्बन्धमा विज्ञ प्रतिवेदन खोजेको छ । २०२१ अप्रिलमा विज्ञको प्रतिवेदन पछि अदालतले यसबारे निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस