विवाह भएको चार दिन पछि वेहुलीले भनिन्, ‘तपाईलाई धोका भयो, विवाह भोजमा रोटी पकाउन गएकी मलाई जबरजस्ती तपाइसंग विवाह गराइयो’

एजेन्सी । करिब १० लाख रुपैया खर्च गरेर विवाह गरेपछि बेहुलीले फोन गरेर म त तपाईको श्रीमती होइन जबरजस्ती विवाह गराइएको हो भन्दा वेहुलालाई कस्तो भयो होला ? विवाह गराउने दलालले एउटा केटी देखाएर अर्कै केटीसंग विवाह गराइदिएको रहस्य खुलेको छ । यो घटना भारत राजस्थानमा भएको हो ।

विवाह भएको चार दिन पछि माइत गएकी बेहुलीले फोन गरेर श्रीमानलाई तपाई माथि ठूलो धोका भयो भन्दै सुनाइन् । भोजमा रोटी पकाउन भनेर मलाई बोलाइएको थियो तपाईसंग जबरजस्ती विवाह गराइयो । राजस्थानका उम्मेद सिंह माथि यस्तो घटना भएको हो । विवाहका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । उनलाई बिचौलिया गंगा सिंहले विवाहको ब्यवस्था मिलाएका थिए ।

केटीको माइती पक्ष आर्थिक रुपले कमजोर छन् उता तिरको विवाहको खर्च पनि तिमीले नै गर्नुपर्छ भनेर उनले उम्मेदसंग उल्दै साडे ३ लाख रुपैया पनि लिएका थिए ।

अहिले उनी न्यायका लागि प्रहरी कार्यालय गरेका छन् । प्रहरीलाई बताए अनुसार करिब २० दिन अघि गंगा सिंह विवाहको लागि भन्दै उनको घरमा आएका थिए । गंगा सिंहले भने कि मेरो सम्बन्धमा केटी छ, म तिमीलाई विवाह गराइदिन्छु । उनलाई हुनेवाला बेहुली भन्दै पिन्कू कभरलाई देखाइयो । पिन्कुसंग उनको एंगेजमेन्ट भयो ।

पछि उम्मेद सिंहसंग गंगाले भने केटीको बुबाको आर्थिक अवस्था ठीक छैन, तपाईले विवाहको लागि खर्च गर्नुपर्नेछ र केटीको बुबालाई साढे ३ लाख दिनुपर्छ । विवाहको खुसीमा रमाएका उनले त्यो पैसा पनि दिए । डिसेम्बर ११ मा, उनलाई जन्ती लिएर आउन भनियो । उनलाई विवाहका बारेमा अरु कसैलाई नभन्न भनिएको थियो ।

उनले कुनै आफन्तलाई यसबारे जानकारी दिएन। डिसेम्बर ११ को साँझ उम्मेद सिंह केही साथीलाई जन्ती लिएर गए । तर गंगाले युवतीको माइतीमा कसैको निधन भएका कारण केही दिन पर्खन भने । त्यसपछि गंगा सिंहले उनलाई आफ्नै गाउँ मंगलोडमा जन्ती लिएर आउनु भनेर बोलाए । त्यहाँ फेरी गंगा सिंहले एक लाख पचास हजार रुपैया लिए र विवाह गराइदिए ।

विवाहको २ दिन पछि दुलही गंगा सिंह कान्तालाई ससुरालामा लिन आए । त्यसको दुई दिन पछि वेहुली माइत फर्किइन् । बेहुलीलाई उनले मोवाइल दिएर माइत पठाए । डिसेम्बर १ को दिन, उही मोबाइलबाट कान्तिले दुलहा उम्मेद सिंहलाई फोन गरीन् र भनिन् ‘म कान्ता हुँ। तिमीलाई धोका भएको छ।

म विवाह भोजमा रोटी पकाउने काम गर्छु । मलाई त्यही भनेर तपाईको विवाहमा बोलाइएको थियो । तर जबरजस्ती विवाह गराइयो ।’ उम्मेद सिंहले अब जोधपुर जिल्लाको मातोदा पुलिस स्टेशनमा बिचौलिए गंगासिंहको विरुद्ध उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस