४ करोड मूल्यको दुर्लभ सुन्तला रंगको मोती भेट्टाएका गरिब माझी पक्राउ!

पोखरा- करिब ४ करोड रुपैयाँ मूल्य पर्ने दुर्लभ सुन्तला रंगको मेलो मोती भेट्टाएका एक गरिब माझी ला-गू औ ष-धसहितको पार्टी आयोजना गरेको अभि-योगमा प-क्राउ परेका छन् ।

थाइल्याण्डका यी माझीले आफूले बहुमूल्य मोती भेट्टाएपछि खुसी मनाउन आफ्ना साथीहरुको लागि ला-गू-औ-षध मेथा-म्फेटामा-इन सहितको पार्टी आयोजना गरेका थिए ।

डेलीमेलको रिपोर्टअनुसार ३७ वर्षका हाचाइ नियोम्डेचाले साथीहरुलाई आफ्नो नाखोन सी थामारातमा रहेको घरमा शुक्रबार पार्टीको लागि बोलाएका थिए । आफूलाई त्यो दुर्लभ मोतीको लागि १ करोड थाइ भाटको अफर आएपछि उनले साथीहरुको लागि पार्टी आयोजना गरेका थिए ।

पार्टीका क्रममा ठूलो आवाजमा संगीत बजेको र आफूहरुले बाहिर सम्म ड्र-ग्सको गन्ध थाहा पाएको भन्दै छिमेकीहरुले पुलिसलाई खबर गरेका थिए । उ-जुरीपछि ती माझीको घरमा पुगेको पुलिसले मेथाम्फेटामाइनका हजारौं खाने चक्कीहरु बरामद गरेको थियो ।

गत हप्ता हाचाइले दुर्लभ मेलो मोती फेला पारेको खबर बाहिरिएसँगै उनी विश्वभरका समाचारपत्रमा छाएका थिए । घरनजिकै समुद्र किनारमा माछा मा-र्ने क्रममा उनले यो मोती फेला पारेका थिए । यो मोती विश्वकै महंगा मोतीमध्येको मानिन्छ । पुलिसले उनको घरमा भेटिएका ला-गू-औ-षध ज-फत गरेको छ ।

प्रतिक्रिया दिनुहोस