बिर्सेर पनि यी कुराहरु पर्समा नराख्नुहोला, जस्ले तपाईलाई बनाउछ कंगाल

वास्तु शास्त्रले केही त्यस्ता चिज पर्समा राख्दा नकारात्मक असर हुने बताउँछ । तपाईको पर्समा पैसा बाहेक अरु धेरै कुराहरु राखिएको हुनसक्छ जसमा कतिपय कुराहरू लामो समयसम्म प्रयोगमा नआएको हुन सक्छ ।

वास्तुशास्त्रका अनुसार तिनीहरु मध्ये केही चिजहरु पर्सबाट बाहिर फ्याकिदिनु नै ठीक हुन्छ किनकी तिनीहरुको कारणले गर्दा नकारात्मक उर्जा बढ्ने गर्दछ।
तर कतिपय चिजहरु पर्समा राख्दा शुभ हुने र फाईदा हुने गर्दछ ,बिर्सेर पनि निम्नकुराहरु पर्समा नराख्नु होला । जस्ले तपाईलाई कंगाल बनाउन सक्छ ।पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु हुदैन ।

पर्स जति सफा राख्यो त्यति नै त्यसभित्र रहेको सामान सुरक्षित हुने गर्दछ । पर्समा लक्ष्मी भगवानको तस्बिर अवस्य राराख्नुहोस र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस । त्यसका कारणले तपाईंको पर्स कहिलै खाली हुदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस किनकी श्रीयन्त्र लक्ष्मी कै रुप हो ।

प्रतिक्रिया दिनुहोस