कपाल नबढेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् छिटो कपाल बढाउने उपाय

सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ । कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ ।

कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ ।

कपालको हेरविचार

कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल लामो बनाउने घरेलु उपायहरुमा :

प्याजको रस

प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ । प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।

प्याज र बियर

बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ ।

प्याज र नरिवलको तेल

नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।

प्याज र मह

कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

प्याज र कागती

कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ । कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ ।

प्याज र अण्डाको सेतो भाग

अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस