के थियो त्यति जघन्य अपराध ?जो एउटै व्यक्तिलाई २ पटक मृत्युदण्ड दिन अदालतको आदेश!!

अपराधीलाई दिइने सजायमध्ये सबैभन्दा कठोर सजाय मृत्युदण्ड मानिन्छ । तर, केही अपराध यतिसम्म गम्भीर र जघन्य हुन्छन् कि अदालतलाई मृत्युदण्डको सजाय पनि कम लाग्छ । पाकिस्तानको एक

अदालतले एक अपराधीले गरेको अपराधलाई यतिसम्म गम्भीर र जघन्य ठहर गरेको छ कि ती अपराधीलाई एक पटक मात्र नभइ २ पटकसम्म मृत्युदण्ड दिने सजाय सुनाएको छ । आफ्नै ७ वर्षकी भतिजीलाई बलात्कार गरेर हत्या गर्ने व्यक्तिलाई अदालतले यति कठोर सजाय सुनाएको हो ।

पाकिस्तानी अखबार ट्रिब्युनका अनुसार शनिबार बलात्कार र हत्याका अभियुक्त वलीउल्लाह खानविरुद्ध फैसला सुनाउँदै रावलपिण्डीका एडिसनल जिल्ला तथा सेसन न्यायाधीश मसूद अख्तर कियानीले दोहोरो मृत्युदण्डका साथमा ६ लाख रुपैयाँ जरिवानाको सजाय समेत सुनाएका छन् । फैसला सुनाउँदै न्यायाधीशले ती व्यक्तिले गरेको अपराध जघन्य भएकोले उनी कुनै दयाको योग्य नभएको टिप्पणी गरे ।

अघिल्लो सुनुवाइमा अभियुक्तले पीडित बालिकाका पिता (आफ्ना दाजु) नुरुल्लाहसँग आफूलाई माफी दिन आग्रह गरेका थिए । उनले अदालतमै दाजुसँग माफी मागे पनि दाजुले उनलाई माफी दिन अस्वीकार गरेका थिए ।

नुरुल्लाहले माफीले आफ्नी छोरीको जीवन फर्काउन नसक्ने जवाफ दिएका थिए । नुरुल्लाहले अपराधी आफ्नै भाइ भए पनि उनलाई जघन्य अपराधको लागि कठोर सजाय दिनुपर्ने बताएका थिए ताकि यो केस यस्तै अन्य घटनाहरुको लागि नजीर बन्न सकोस् ।

यही हप्ताको सुरुवातमा अदालतले आफ्नो फैसला सुरक्षित गरेको थियो । शनिबार अभियुक्तलाई सजाय सुनाइएपछि पीडित परिवारले सन्तोष व्यक्त गरेका छन् । अदालतबाहिर मिडियासँग कुरा गर्दै नुरुल्लाहले अपराधी आफ्ना

भाइ भए पनि कठोर सजायको लायक भएको बताउँदै अदालतले आफ्नो परिवारलाई न्याय दिएकोमा धन्यवाद दिए । वलीउल्लाहविरुद्ध आफ्नी ७ वर्षकी भतिजी सिदरालाई बलात्कार गरेपछि सिरानीले मुख थिचेर हत्या गरेको अभियोगमा २०१९ को नोभेम्बर २२ मा मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस