के तपाई हतारमा निर्णय गर्नुहुन्छ , १ मिनेट समय दिएर एकपटक पढ्नुहोस

एकाबिहानै श्रीमान र श्रीमतिबिच झ गडा भयो ,श्रीमतिले रिसाउदै भनिन्: धेरै सहिसके , अब एक मिनेटपनी तिमी सँग बस्न सक्दिनश्रीमान पनि रिसाइ रहेका थिए , उसले पनि भने,” म पनि थाकी सके तिमिलाई झेल्दा झेल्दा”

रिसै रिसमा श्रीमान अफिस गएँ , श्रीमतिले आफ्नो आमालाई फ़ोन लगाइन र भनिन: “बच्चाहरुलाई लिएर माइत आउदैछु.. यो नर्कमा बस्न सक्दिन”आमाले भनिन्: छोरी बुहारी बनेर ढुक्कसँग बस,

तेरि ठुली दिदी पनि आफ्नो श्रीमान सँग झगडा गरेर आएकी थिइ , र यहीँ जिद्दीमा डिभोर्स लिएर बसेकि छ । अब तैले पनि त्यही नाटक गर्दैछेस , खबरदार यहाँ ज्वाइसँग झगडा गरेर माइतीघरमा पाइला टेकिस भने,ज्वाइँ सँग के कुरामा झ गडा भाको हो , त्यही सल्टाएर बस.. हाम्रा ज्वाइँसाभ तैले भनेको जस्तो खराब पनि हुनुहुन्न ।

आमाले माइतीघर नआउनको लागि रेड झण्डा देखाएपछि छोरीको होस् ठेगानमा आयो , उ जोडजोडले रुन थाली । रुँदारुँदै थाकेपछी मन हलुका भइसकेको थियो … छोरिले श्रीमान’सँग झगडा पर्नुको मुख्य कारण सोच्न थाली धेरै जस्तो गल्तिहरु आफ्नो नै भेट्टाइन् ।

हातमुख धुएर फ्रेस भएर भान्साकोठामा श्रीमानलाई मनपर्ने परिकार बनाउन सुरु गरिन । र साथै स्पेसल खिर पनि बनाइन , सोच्न थालिन कि बेलुका श्रीमान सँग माफी माग्छु । आफ्नो घर आफ्नै हुन्छ,श्रीमान बेलुका अफिसबाट घर आएँ श्रीमतिले उसलाई राम्रोसँग स्वागत गरिन , जस्तो कि बिहान केहि भएकै छैन । श्रीमान श्रीमतीको व्यबहार देखेर चकित परे ।

खाना खाइसकेपछी श्रीमान जब खिर खाइ रहेका थिए तब भने कि… प्रिय् कहिलेकाही म पनि अलिक बढी नै हुन्छु सानासाना कुरामा आबेशमा आइ हाल्छु, तिमिले मेरो गल्तिलाई मनमा नराख मान्छे हुँ , रिस त उठिहाल्छ ।

श्रीमानले श्रीमतिलाई धन्यवाद दिदै थिए , र श्रीमतिले मनैमनमा आफ्नो आमालाई धन्यवाद दिइरहेकी थिइन् , जसको शक्तिले उसको आफ्नो निर्णयलाई बदल्न बाध्य बनायो । नत्र भाबुक निर्णयले छोरीको घर भत्काउनमा मद्दत गर्नेथियो ।

यदि आमा बुबाले आफ्नो बिबाहित छोरिको हरेक राम्रो नराम्रो बैधानिक कुराहरूको सपोर्ट गर्नलाई बन्द गर्दिने हो भने सम्बन्धहरु बचाउछ्न ।।

प्रतिक्रिया दिनुहोस