गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवतीको घोषणा

एजेन्सी– मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

यो पनिपढ़नु होस:एकसाथ मिलाएर खान नहुने ५ फलफूल
हरेक फलफूलको सेवन स्वास्थ्यकालागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । तर कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन ।

यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षती पुर्याउँछ । के के हुन् त्यस्ता फलफूल ?

१. दुध र सुन्तला
सुन्तला वा सुन्तलाको जुससँग दुध एवम् दुधजन्य परिकार मिलाएर खानु स्वास्थ्यकालागि हानिकार हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।

२. अम्बा र केरा
अम्बाको सेवन स्वास्थ्यकालागी लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ ।

३. मेवा र कागती
कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस मिसाएर सेवन गर्दा हेमोग्लोबिन सम्वन्धी समस्या समेत आउन सक्छ । विशेषगरी बच्चालाई मेवा र कागती मिलाएर ख्वाउनु हुदैन ।

४. दुध र भूँइकटहर
दुध र भूँइकटर आपसमा मिसाएर खानु हुदैन । एकै पटक यी फल खाएमा यसले पाचनतन्त्रमा समस्या निम्त्याउन सक्छ ।

५. सुन्तला र गाजर
सुन्तला र गाजर अलग अलग खानु स्वास्थ्यकालागी लाभदायक हुन्छ । तर, यी दुईको मिश्रण भने हानिकारक हुन्छ । यसले शरीरमा गम्भीर हानी पुर्‍याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस