साताको पहिलो दिन अचम्मित पार्ने किसिमले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य रु १५ रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ ।

यो पनिपढ़नु होस:काठमाडौँ, २ फागुन । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।

हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् । त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

‘भ्यालेन्टाइन्स डे’ के हो र कसरी सुरु भयो ?

फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ ।

भ्यालेन्टाइन्स डेको पछाडि एउटा दुःखद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् ?र उनको के योगदानले गर्दा यो दिनलाई विशेष रूपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै विचारहरू भेटिएका छन् ।

खासमा तेस्रो सताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा ‘भ्यालेनटाइन डे’ मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै ‘भ्यालेनटाइन डे’मा हो ।

यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् ।

प्रतिक्रिया दिनुहोस