लोग्ने भनेको स्वास्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ’ – सुष्मा

सुष्मा देवकोटा -५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा च’रित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई नि’न्द्रै लाग्दैन ।

केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को स’मस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ । मैले श्रीमान श्रीमतीबिचको सामान्य कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छे, लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ।

बुढाबुढीमा हुनुपर्ने सबै ब्य’वहार सामान्य छ । दुवै पट्टीका परिवारका प्रिय बुहारी ज्वाईं हुन् । पैसा छ, सुविधा छ सबै राम्रो छ तै पनि उसले पछिल्लो समय पटक-पटक यो कुरा दोहोर्याईरहेकी छ ।

उ शिक्षित महिला हो, श्रीमानलाई चौपट्टी माया गर्छे, तर पनि उ खुशी छैन भन्ने अर्थमा समाजले त उसलाई चरित्र गलत भएकी, सेक्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रि’स उठेको भन्न मात्र जानेको छ । लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको से’क्स भनेको लोग्ने मा’न्छेको वि’र्य स्ख’लन मात्र हो त्यसमा स्वास्नीको क’र्तव्य लोग्नेको ईसारामा श’रिर मिलाउनु मात्र हो ।

अर्को पटकको भेटमा उसको गु’नासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो स”मस्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन ।

उसले उदाहरणहरु पेस गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक । पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झुण्डेर मर्दिउँ जस्तै लाग्छ, छोरीको बिजोग हुन्छ भनेर मात्र हो । यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर म संग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ ।’

अर्की दिदीले पनि आफ्नो स’मस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी ।

लोग्ने भनेको स्वा’स्नीको श’रिर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ । केहि बर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बस्थिन उनको १ वटा छोरा थियो हुर्किसकेको । कसो कसो उनि र म साथी बनेका थियौं । मिल्न थालेपछि उनले सुनाएकी थिईन् सुष्मा मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटासंग बिबाह भएको हो । बिचार नमिलेपनि छोरा जन्मियो ।उसको माया नै नलागेपनि अरुसंग जान सकिन समाजको ड’रले । म अहिले कसैको प्रेममा छु ,

प्रतिक्रिया दिनुहोस