‘हिसाब मिल्दा मोज गर्ने नमिल्दा बला’त्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ’

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बला’त्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

“बला’त्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बला’त्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ स जा य ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारी रि क स’म्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबर’जस्ती गर्‍यो भन्दै बला’त्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबर’जस्ती गर्‍यो, जात ढाट्यो, बला’त्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

“गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै जब’र्जस्ती मलाई जात ढाट्यो थाहै नपाइ बला’त्कार गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”

उनले बास्तवमै बला’त्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् । दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह बला’त्कार मुद्दामा परिणत भएका सरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस