र्युमटोइड आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ। यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाड नष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ।
कसरी चिन्ने ?
र्युमटोइड आरथ्राइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो। रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू (विशेष गरी औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने सुन्निने र अररो हुन्छन्। बिहानपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुखोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ।
रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ। यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्ग जस्ता अंगको इन्फेक्सन बढी र जटिरूपमा देखिने सम्भावना हुन्छ।
यसका दीर्घकालीन असरहरूः
समयमै सही उपचार नभएमा ¥युमटोइड आरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ। कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ।