काठमाडौं । फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि युवायुवतीले मनाएका छन्।खासगरि विवाहित जोडी र प्रेम सम्बन्धमा रहेका युवायुवतीहरूबीच भ्यालेन्टाइन डे लोकप्रिय छ।
यो दिन प्रेमी प्रेमिकाले आ-आफ्नो पाटनरलाई शुभकामना आदानप्रदान गर्दै खुशियाली मनाउँने गरिन्छ।चर्चित गायिका अन्जु पन्तले पनि आफ्ना हुनेवाला पतिसँगै भ्यालेन्टाइन डे मनाइन्।
दोस्रो विवाह गर्न लागेकी गायिका पन्तले हुनेवाला पति थिर कोइरालासँग सेल्फी खिच्दै भ्यालेन्टाइन डेको शुभकामना दिएकी हुन।तस्विर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै अन्जुले लेखेकी छन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे माई लभ्ली हिरो।’
Happy Valentine day my lovely Hero ?
?️ https://youtu.be/ndGSi3-EhG0Posted by Anju Panta on Sunday, 14 February 2021