विश्वको एक अनौठो घ ट ना : बगीरहेको नदी ४ दिनमा नै एक्कासी गायव भएपछि हंगामा . .

एजेन्सी । क्यानडाको स्लिम्स नदी चार दिनमै आश्चर्यजनक तरिकाले गायव भएपछि वैज्ञानिक समेत छक्क परेका छन् । वास्तवमा यो नदि गायब हुनुको पछाडीको मुख्य कारण हो ग्लोबल वार्मीगं । जसलाई शोधकर्ताले जलवायु परिवर्तनले नाघेको चरम सिमा भनेर परिभाषित गरेका छन् ।

उच्च गर्मीका कारण वरफका ढिक्का पग्लिदै गएपछि नदीले पहिलो बाटो परिवर्तन गरेको र पछि सुकेको वाशिंटन विश्वविधालयका प्रोफेसर गेरार्ड रोले डेलिमेलको अन्तरवार्तामा भनेका छन् ।

चार दिनमै नदी सुक्ने यो आधुनिक इतिहासको पहिलो घटना भएको भन्दै वैज्ञनिक समेत चकित परेको डेलिमेलले विशेष स्थान दिएर समाचार छापेको छ ।

यो पनिपढ़नु होस:आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् ।

शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ ।

वैज्ञानिकहरुका अनुसार यसको मृ’ त्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ । यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो ।

मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको श’व भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे ।

‘सफ्ट टिस्युसहित भालुको पूर्ण श’व भेटिएको यो पहिलो र एकमात्रै घ’टना हो,’ एनईएफयुकी अनुसन्धानकर्ता लिना ग्रिगोरियभाले भनिन् ।

अहिलेसम्म वैज्ञानिकहरुले ‘केभ बियर’ को अस्थिपञ्जर फेला पारेका थिए, तर सबै अंगसहितको यस्तो शव भेटिएको थिएन । जब, युरोप र एशियाका अधिकांश भूभाग हिउँले ढाकिएका थिए, त्यतिबेला केभ बियरहरु यस इलाकामा घुम्थे । यस समय हिउँमा बस्ने विशाल हात्ती (माम्मोथ), तरबारजस्तो दाँत भएका बिरालो र ठूला स्लथहरु पनि यस भूभागमा बस्थें ।

त्यतिबेला केभ बियर निकै ठूला हुन्थें, भालेको वजन २२ सय पाउन्डसम्म हुनसक्थ्यों । अहिले जीवित रहेका संसारकै सबैभन्दा ठूला भालुभन्दा यो झन्डै ५ सय पाउन्ड बढी हो । यसअघि रुसको याकुटियामा भर्खरै अर्को केभ बियरको शव भेटिएको थियो, यो बच्चा भालु थियो । वैज्ञानिकहरुले यी दुई जनावरको डिएनए तुलना गर्ने तयारी गरेका छन् ।

पृथ्वीको तापक्रम बढ्दै जाँदा, बाह्रै महिना हिउँले ढाकिने साइबेरियाली भूभागमा हिउँ पग्लन सुरु भएको छ । जसकारण, दशौँ हजार वर्षसम्म हिउँमै पुरिएर रहेका हिमयुगका प्रजातिहरुको शव भेटिन थालेको छ । ल्याकोभोस्की टापूहरु, जहाँ यो भालु भेटियो, ती क्षेत्रहरु अन्तिम हिमयुगका बाक्लो रौंसहितका हात्तीको (म्याम्मोथ) अवशेषले भरिपूर्ण छन् ।

गत वर्ष वैज्ञानिकहरुले याकुटिया नदीको किनारमा ४० हजार वर्ष पुरानो ब्बाँसोको टाउको भेटेका थिए । जसमा दाँत, दिमाग, बाहिरी छाला र रौं समेत नबिग्रेको अवस्थामा थियो । दुई दुलर्भ केभ– सिंहका डमरु र ४२ हजार वर्ष पुरानो घोडा याकुटियाको हिउँमा भेटिएका अन्य प्राचिन प्राणी हुन् । तापक्रम निरन्तर बढ्दै गएकाले थप अवशेषहरु भेटिसक्ने अनुमान छ ।

Continue Reading

प्रतिक्रिया दिनुहोस