दहिमा मिलाएर खानुहोस् यस्तो चिज, सजिलै कम हुनेछ पेटको तपाई बोसो,…

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ ।

हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्यास जस्ता समस्याहरु हल हुने गर्छ । भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन् । केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ ।

कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ । एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरिरमा रहेको बोसो कम हुन थाल्छ ।

केही मानिसहरु तौल कम भएका कारण टेन्सन लिन्छन् । यसका लागि दैनिक ड्राइफुडमा दही हालेर खानाले शरिरमा वजन बढ्छ ।

खाना पचाउन गाह्रो भएको छ भने पिनेको जिरामा दही हालेर खानुहोस् पाचन प्रक्रियामा सुधार हुन्छ ।

मुखमा छाला गएर समस्यामा पर्नु भएको छ भने दहीमा मह हालेर खाने गर्नुहोस् । दुई तिन दिनमा नै निको हुन्छ मुखमा जाने समस्या ।

प्रतिक्रिया दिनुहोस