जाडोमा बेथेको सागका फाइदा जान्नुहोस

 
बेथेको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

यो प्रायको भान्सामा पाक्ने तरकारी हो। बेथे दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको । यसको प्रयोगले विभिन्न रोबाट मुक्ति मिल्ने गर्दछ ।

मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ ।

बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । यसले आमाशयलाई बलियो बनाउँछ ।

बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।

बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( यूरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषनिदान नाम दिइएको छ ।

बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ ।

बेथेका फाइदाहरु


– आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा-३ र ६ फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

– बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान-बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ ।

– जहिलेसम्म बेथेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।– बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

– दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।

– एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गालेर झार्छ ।

– बेथेलाई उमालेर निचोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।

त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाथ, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

– ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

– डण्डिफोरमा बेथेका पातहरुको पेस्ट बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

– प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जसले तौल घटाउन मद्दत गर्छ ।

– अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

– औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

– पिसाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

– पिसाबमा रगत आउने समस्यामा पनि यो उपयोगी मानिन्छ । बेथेको पात पिसेर मिश्री मिलाएर सर्वत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

– बेथेको सागमा हुने भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

– यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस