आफ्नी हजुरआमालाई बचाउन यी नातिले जे गरे, सिंगो विश्वले गर्दैछ तारिफ [ भिडियोसहित ]

काठमाडौं । साँढे अचानक बौलाहा भएपछि बबाल भएको छ । भारत, हरियाणाको महेन्द्रगढमा एक महिलाको ज्यान लिनेगरी बौलाहा साँढेले गरेको हर्कतको एउटा डरलाग्दो भिडियो बाहिर आएको छ ।

महेन्द्रगढ क्षेत्रमा एक वृद्ध महिलामाथि अचानक साँढेले यसरी बबाल गरेको हो । वृद्ध महिलालाई साँढेले जोडले धक्का दिँदा उनी लडिन्, जब उनका नाति जतिन उनलाई बचाउन आए । गोरूले नातिलाई पनि बाँकी छोडेन् । तर बालकले आफ्नी हजुरआमालाई साँढेबाट बचाउन सफल भएका छन् ।

हजुरआमालाई बचाउनको लागि नाति साँढेसँग लडाँई गर्छन । जानकारीनुसार घटना गत आइतवार भएको थियो । कतिपय रिर्पोटमा ७० वर्षीया अङ्गुरी देवी महेन्द्रगढमा बिहान आफ्नो घरको बाहिर गएकी थिइन् । प्राप्त जानकारी अनुसार अङ्गुरी देवी प्रायः बिहान गोशाला मार्गमा हिड्न जान्थिन् । दुई दिनदेखि आएको ज्वरोको कारण शहर प्रहरी चौकी नजिकै आफ्नो घर बाहिर डुल्दै थिइन् । यसैबीच, अचानक, सडकको छेउमा उभिरहेको एउटा साँढेले उनलाई अचानक भुइँमा लडायो ।

हजुरआमालाई साँढेबाट बचाउन नातिले हजुरआमाको आवाज सुनेर दौडेर आफ्नो ज्यान जोखिममा राखेर हजुरआमालाई बचाउन सफल भएका हुन् । हजुरआमालाई बचाउन दौडिएका नातिलाई पनि साँढेले छोडेन । साँढेले नातिलाई पछाडि खुट्टाबाट धेरै चोटि चोट लगायो । तर नाति आफ्नो हजुरआमालाई त्यस ठाउँबाट उठाउन सफल हुन्छन् । जब उनी हजुरआमा भन्दा विपरित दिशामा दगुर्दै गए, साँढेले जतिनलाई फेरि खुद्यो । जतिन फेरि उसको हजुरआमासँगै सडकमा लडे, तर आफ्नो हजुरआमालाई साँढेको पञ्जाबाट जोगाउन सफल भएका छन् ।

हजुरआमालाई गम्भीर चोट लागेको छ । नाति आएर हल्ला गरेपछि त्यहाँ उपस्थित मानिसहरू उनलाई बचाउन दौडेर बाहिर आएका थिए । रिपोर्ट अनुसार वृद्ध महिला अझै ओछ्यानमा छिन् । घटनामा अङ्गुरी देवीको हात फ्र्याक्चर भएको छ । जसकारण शल्यक्रिया गरेर रड राखिएको छ ।

उनको रेवाडीमा उपचार भइरहेको छ, जतिनको महेन्द्रगढमा उपचार भइरहेको छ । घटनालाई सडकको एक सीसीटीभीमा कैद गरिएको थियो । अब यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । मान्छेहरू उक्त बच्चाको साहसलाई अभिवादन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस