दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई पार्टीमै फर्किन आग्रह गरेका छन् ।ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-प्रचण्डहालै अझै केही नबिग्रिएको बताउँदै पार्टीमै फर्किन आग्रह गरेका हुन ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्न लागेको गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै थाप्न सकिन्न ।उनले ‘प्रचण्ड’लाई गलत बाटोमा हिँडेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस