हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक छौँ– विप्लव

काठमाडौँ– नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ ।पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

आँखाको कालो धब्बा हटाउने केही घरेलु उपाय :

काँक्रो र कागती काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ ।काँचो आलुलाई काटेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् ।

एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।

कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने ।दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।

गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने ।

सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने ।पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने ।प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने ।एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने र १० मिनेटपछि पानीले सफा गर्ने ।

यो पनिपढ़नु होस:शरीरमा पोषणको भएको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस