लहानका पिन्टु राउत : दाइजो नलिई विवाह गरेपछि चर्चामा

सिराहाका एक युवाले विना दाईजो विवाह गरेका छन् । परम्परागत कु–प्रथालाई चुनौती दिँदै लहान नगरपालिका ७ का पिन्टु राउतले पोखरा ११ फुलबारी निवासी निलम साहसँग विना दाइजो विवाह गरेका हुन् ।

तराइ–मधेशमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले टुंगो गरी केटीपक्षसँग नगद र जेन्सी दाइजो माग्ने प्रचलन रहेको छ । तर बेहुला राउतका बुवा सुरज राउत सुडी र आमा शोभा देवी राउतले छोराका

लागि विभिन्न ठाउँबाट दाइजो लिई विवाह गर्न प्रस्ताव आए पनि छोरा बुहारीको खुसीका लागि आपसी सल्लाहमा बेहुलीतर्फबाट दिन तयार भएपछि दाईजो विना नै छोराको विवाह विना कुनै तामझाम मात्र २० जना जन्तीको उपस्तिथिमा पोखराको एक पार्टी प्यालेसमा सम्पन्न गरेको बताएका छन् ।

केटा पक्षबाट दाइजो नलिने र केटी पक्षले पनि दाइजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको एबीमल सिरहा सुपर मार्केट प्रालि गोलबजारका सीइओ समेत रहेका बेहुला पिण्टु राउतले बताए ।

२१ औं शताब्दीमासमेत १८ औं शताब्दीका कू–साँस्कृति अंगाल्नु गलत भएको भन्दै दाइजो प्रथा अन्त्य गर्न सन्देश दिने उदेश्यका साथ लेनदेन बिनाको विवाह गरेको राउत र साह परिवारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस