पैसा कमाउन चाहनुहुन्छ ? लगाउनुस् घरमा चुम्बकले जसरी पैसा तान्ने क्रासुला मनी ट्री

हरेक मानिसको भाग्यमा कुनै कुनै माध्यमबाट धन सम्पत्ति कमाउने योग बनिरहेको हुन्छ । योगको आधारमा मानिसले मेहनत गर्छन् र मेहनत अनुसार कसैलाई राम्रो र सजिलो हुन्छ भने कसैलाई कष्ट हुन्छ।

सजिलो र गाह्रो भनेको मनिसको आफ्नो पूर्व जन्मको कर्म पनि हो भनेर गितामा उल्लेख गरिएको छ । पैसाका लागि मानिसले धेरै तरिकाबाट काम गरेर कमाउने गर्नेछन् । थोरै मानिसले मात्रै जान्ने क्रासुला, तिव्बतियन वास्तु शास्त्रमा मनी ट्री भनेर पनि चिनिएको ।वास्तु शास्त्रका अनुसार यसको महत्त्व फेंगशुमा अत्याधिक महत्व दिएकाले पश्चिमी देशहरुमा यसको माग अत्याधिक रहेको छ ।

यसको प्रयोगबाट घर, अफिस, व्यापार व्यवसाय गर्ने स्थानमा राख्दा चुम्बक जसरी पैसा तान्ने उनीहरुको विश्वास रहेको छ । धन वृद्धिका लागि यो बिरुवा निक्कै उपयोगी रहने बताइन्छ ।

नेपालमा यसको प्रयोग खासै भएको देखिँदैन । मनिप्लानटाका रुपमा लहरे बिरुवा रोप्न्ने प्रचलन पनि रहेको छ ।पानी बिना पनि लामो समयसम्म बाँचिरहने उक्त बोट हरियो गाडा कलरको हुने हुँदा यसले राखेको स्थानमा नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा सजिलोसँग बदल्ने काम गरिरहेमो हुन्छ । यसलाई घर या आफू बसोवास गर्ने स्थानको दायाँ बायाँ लगाउने शास्त्रीय मान्यता छ ।

तिब्बतीयनहरुले आफू कसैको घरमा गएको अवस्थामा उक्त घरमा लगाएको रहेछ भने नथापाउने गरि आफ्नो घरमा लगेर लगाएमा शुभ रहने उनीहरुको विश्वास रहेको छ ।प्रकृतिमा भएका हरेक बास्तुहरुसँग आफ्नो आफ्नो गुण हुन्छ,

मनीप्रान्टले चुम्बकीय तरिकाले घरमा पैसा भित्र्याउन सहयोग गर्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ । घर, अफिस कार्यालय, व्यवसायिक भवनहरुमा यसको प्रयोगले सकारात्मक ऊर्जाको विकाश गर्दछ । मन, मस्तिष्कमा यस्ता खाले बोट हरुले सकारात्मक तरङ्ग पैदा गर्छ । आफ्नो तत्वअनुसार यस्ता चिजहरु घरमा राख्न सके शुभ हुन्छ

प्रतिक्रिया दिनुहोस