“दोस्रो सन्तानको पर्खाइमा रहेकी अभिनेत्री करिनालाई बुढेशकाल लाग्यो भनेर जब तस्विरमा फ्यानले आमा भनेर कमेन्ट गरे”

काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर सामाजिक सञ्जाल प्रयोगकर्ताको ट्रोलको शिकार बनेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो सार्वजनिक गरेपछि करिना कपूर ट्रोलको सिकार भएकी हुन्।

पारिवारिक भ्रमणको लागि निस्किएकी ४० वर्षकी करिनाको यो फोटो फ्यान क्लबमा शेयर भएको थियो। त्यसपछि उनलार्ई ‘बुढी देखिएको’ भनेर ट्रोल बनाइएको छ।

घामको आडमा बसेर लिइएको यो तस्बिर एकदमै क्लोज अप छ। यो तस्बिरमा अब करिनालाई ‘बुढेशकाल लाग्न लाग्यो’ भनेर कमेन्ट गरिएको छ। धेरैले ‘वोल्ड इज गोल्ड’ भनेका छन्। यस्तै तस्बिरमा उनी ‘पाको र जीवन्त नदेखिएको’ भनिएको छ। उनलाई ‘आन्टी’ भनेर पनि कमेन्ट गरिएको छ।

करिना कपूरले शेफ अलि खानसँग विवाह गरेकी हुन् र उनको ५ वर्षको छोरा ‘तैमूर’ छन्। हालै पनि उनि दोस्रो सन्तानको पर्खाइमा रहेकी छिन् । उनलाई केही फ्यानहरुले राम्रो खानेकुरा खान पनि सुझाव दिएका छन्।
यो पनि पढ्नुहोस्

लोडशेडिङ हटेपछि प्रिमियम महसुल किन ?

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिवार पत्रकार सम्मेलन गरेर लोडशेडिङ अन्त्य भइसकेपछि औद्योगिक ग्राहकहरूसित प्रिमियम दरकै महसुल लिइनु अन्याय हुने बताएको हो ।

प्राधिकरणले गत जेठयता प्रिमियम महसुल हटाइसकेको छ । त्यसअघि डेडिकेटेड र ट्रंक लाइनबाट आपूर्ति लिएका ग्राहकलाई भने प्रिमियम दरकै महसुल लिने निर्णय गरेको छ ।

सरकारले २०७५ जेठदेखि औपचारिक रूपमै लोडशेडिङ अन्त्यको घोषणा गरेकाले त्यसयता र प्रिमियम दर हटाउनुअघिसम्मको महसुलसमेत सामान्य दरमा लिइनुपर्ने उद्योगीको माग छ । ऊर्जा संकटका बेला केही उद्योगले डेडिकेटेड र ट्रंक लाइन माग गरेका थिए ।

लोडशेडिङको समयमा यस्तो सुविधा माग नगरेका र लोडशेडिङ हटिसकेपछि आपूर्ति लिएका ग्राहकलाई समेत प्राधिकरणले प्रिमियम महसुल लगाएको उद्योगीले बताउँदै आएका छन् । त्यस्तो महसुल तिर्न प्राधिकरणले अन्यायपूर्ण तरीकाले दबाब बनाइरहेको संघले बताएको छ ।

लोडशेडिङ हटिसकेपछि आपूर्ति लिएका ग्राहकसँग चर्को दरको महसुल असुल्ने प्राधिकरणको उद्देश्य उद्योग र लगानीमैत्री नभएको आरोप संघका महासचिव माधव राजपालले लगाए । ‘प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा माग नगरेका औद्योगिक ग्राहकलाई समेत प्रिमियमको नाममा ६५ प्रतिशत महँगो महसुल तिराउन खोजेको छ । यो अन्यायपूर्ण छ,’ महासचिव राजपालले सञ्चारकर्मीहरूसित भने ।

विगत लोडशेडिङका बेला केही उद्योगले डेडिकेटेड लाइनबाट नियमित विद्युत् आपूर्ति मागेका थिए । यस्ता उद्योगलाई प्राधिकरणले छुटेको बिल एकमुष्ट बिल पठाएपछि उद्योग सञ्चालकले विरोध गरेका थिए । करीब २ दर्जन उद्योग महसुल नतिर्ने भन्दै अदालतसम्म पुगेका थिए ।

प्राधिकरणका अनुसार डेडिकेटेडका २३९ र ट्रंक लाइनका ६९ औद्योगिक ग्राहक छन् । ‘लोडशेडिङको समयमा नियमित विद्युत् उपयोग गरेका ग्राहकसित महँगो महसुल लिइनु अलग विषय हो । तर, यस्तो सुविधा माग्दै नमागेका र लोडशेडिङ अन्त्य भइसकेपछि आपूर्ति लिएकासित चर्को महसुल असुल्न खोज्नु ज्यादती नै हो,’ महासचिव राजपालले सञ्चारकर्मीहरूसित भने ।

प्रतिक्रिया दिनुहोस