दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गतेराजधानीमा मिस व्युटीफुल

दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षजस्तै यस वर्ष पनि अबिबाहित रबिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजनागर्ने भएको छ।मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गतेराजधानीमा मिस व्युटीफुल

नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्नलागेको हो। अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल२०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिमस्पर्धा हुनेछ।

त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा रगृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुनेआयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए।

उनका अनुसारविभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीतागुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षाअधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत रसविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामाभिड्न तयार भएका छन्।

त्यसै गरी पांचौ संस्करणको मिसेस व्युटीफुुल नेपाल २०२१ मा मञ्जुअधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला,सुशिला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जुन्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्कालेअन्तिम स्पर्धा गर्दैछन्।

प्रतियोगिताकोअन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट व्युटिफुल रमिसेस ट्यालेन्ट व्युटिफुल उपउपाधिका लागि दुबै प्रतियोगिताकाप्रतियोगीहरुले आयोजकद्वाराराजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमाआपूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।

दुबै प्रतियोगितकाप्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आप्mनाप्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए। ट्यालेन्टशोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूखनिर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक साुन थापा, गायिका तथासञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठनिर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस