प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तो ड फो ड, ४ वर्ष अघि प्रचण्डले पनि गरेका थिए उद्घाटन

दाङ । देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको उद्घाटन दुई पटक सिलान्यास भयो ।तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ सालमा उद्घाटन गरेको सो पुलको उद्घाटन फेरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । गत माघ १२ गते प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तो ड फो ड भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको पुलको शिलालेख तो ड फो ड भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । तर कसले त्यसो गर्यो भन्ने कुरा भने खुलेको छैन ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गर्दा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई निषेध गरिएको थियो । त्यती बेला नै स्थानियले शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै विरोध जनाएका थिए । तर उनीहरुको कुरा सुनुवाई भएन । तीन दिन अगाडि तो ड फो ड भएको बताइएको छ ।

प्रहरीले घटनामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताएका छन् । पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रु ष्ट बनेका थिए ।

उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तो ड फो ड भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

प्रतिक्रिया दिनुहोस