जब ४० करोड रुपैयाँ पर्ने दुर्लभ पुस्तकहरू घरमुनि फेला परे…

एउटा गोदामबाट चो’रिएका झन्डै ४० करोड रुपैयाँ मूल्य बराबरका २०० वटा ‘अप्राप्य’ पुस्तकहरू लन्डनस्थित रुमेनियाको गाउँमा एउटा घरमा भुइँमुनि गा’डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ती पुस्तकमध्ये केही ग्यालिलियो तथा आइज्याक न्यूटनले लेखेका कृतिका प्रथम संस्करणहरू पनि छन्। ती पुस्तकहरू सन् २०१७ को ज्यानुअरी महिनामा चो’रहरूले फेल्टमको गोदामबाट चो’रेका थिए।सेन्सरबाट जोगिन चो’रहरू स्टोरको छानाबाट छिरेर डोरीको सहायताले तल ओर्लिका थिए।

रुमेनियाली गि’रोहको संलग्नता

ती चोरहरू सङ्गठित रुमेनियाली आ’पराधिक गिरोहका सदस्य भएको पत्ता लागेको थियो। लन्डनको मेट्रोपोलिटन प्रहरीको विज्ञप्तिमा ती गिरोह यूकेभरि मूल्यवान् वस्तुहरूको चोरीमा संलग्न भएको उल्लेख गरिएको छ।

बुधवार उत्तरपूर्वी रुमेनियाको नियम्ट क्षेत्रमा रहेको एउटा घरमा खानतलासी गर्दा ती पुस्तक भुइँमुनि लु’काइएको अवस्थामा अधिकारीहरूले भेटेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार ती पुस्तक फेला पार्न सन् २०१९ को जुन महिनामा यूके, रुमेनिया तथा इटलीका ४५ वटा ठाउँमा छापा मा’रिएको थियो।

तेह्र जनामाथि चो’रीको अ’भियोग लगाइएको थियो। तीमध्ये १२ जनाले आफ्नो संलग्नता स्वीकारेका थिए।

कस्ता पुस्तक छन्

‘चोरी भएका सामग्रीमध्ये दाँतेका दुर्लभ पुस्तक र स्पेनी चित्रकार फ्रान्सिस्को डि गोयाका चित्रहरूका साथै १६ औँ तथा १७ औँ शताब्दीका ग्यालिलियो एवम् आइज्याक न्यूटनका पुस्तक थिए।

ूयी पुस्तकहरू अत्यन्त मूल्यवान् छन्। यिनको विकल्प छैन। यी पुस्तक अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको निम्ति धेरै महत्त्वपूर्ण छन्,ू मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ इन्स्पेक्टर एन्डी डरमले बताए।

अमेरिकाको लस भेगसमा हुन लागेको विशेष पुस्तक मोलमोलाइ कार्यक्रमका निम्ति ओसार्न ठिक्क पारिएको बेला ती पुस्तकहरू ह’राएका थिए। हेथ्रो विमानस्थलनजिकै अवस्थित फेल्टममा भएको गोदामको छाना का’टेर चो’रहरूले डोरीमार्फत् ४० फिट तल ओर्लिएर चो’री गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले केपि ओलि नेतृत्व सरकारको खुलेरै क’डा आ’लोचना गरेकी छिन् । कुलमान घिसिङ्ग पुन नियुत्तीको बिषयबस्तुमा रहेर एक अनलाइन टेलिभिजन सङको अन्तर्वार्ताका क्रममा सांसद झाँक्रीले भन्नुभयो – ” विगतमा देशमा राजा लगाएत राजतन्त्रले लु’टिरहेको ठाउँमा तेस्तै नयाँ मान्छे आएर लु’ट्ने कामनै भैरहेको छ ।”

अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कार्यकालमा पार्टी एकताबद्द सरकार पनि शसक्त र प्रभावकारी ढंगले चलाउनुहुन्छ भन्ने जुन खालको आमधारणा र पार्टी कार्यकर्ताको जुन किसिमको आशा र अपेक्षा थियो त्यसको उल्टो उहाँको देखिन थालेको छ।

सरकारका पछिल्ला नियुक्ति र पुननियुक्तिमा जुन गतिबिधी देखिए, हाम्रा नेताहरु, हाम्रा मन्त्रीहरुले अहिले जे जे कर्म गर्दै हुनुहुन्छ त्यो पार्टीलाई आगामी दिनमा महँगो पर्ने देखिन्छ उहाँले भन्नुभयो । साढे दुई बर्ष फर्केर हेर्दा उहाले जुन किसिमको कार्यशैली अपनाउनु भयो त्यसले गर्दा उहाँको मात्रै हैन पार्टीलाई ठुलो क्ष’ति पुगेको त्यसको परिणाम आगामी निर्बाचनमा समेत पर्ने बताउनु भयो।

त्यस्तै कुलमान प्रसङ्गमा सांसद झाँक्रीले भन्नुभयो – ‘कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नभएको भए आज पनि देशमा १२ घण्टासम्मको लोड सेडिंग हुनसक्थ्यो ।’ कुलमान घिसिङ्ग प्रमुख भएर आएपछि २१ घण्टासम्मको लोड सेडिंग अन्त्य भएको सत्य हो उँहाले राम्रो काम गर्नुभयो उहाँले गरेको कामको जनताले स्याबासी दिए उहाँको लोकप्रियता बढ्यो हामीले डाहा गरेर भएन उहाँकै नेतृत्वमा प्राधीकरणमा परिवर्तन भएको सत्य हो ।

सांसद झाँक्रीले भन्नुभयो पछिल्लो समय सरकारले कुलमान घिसिङ्गको पुननियुक्तिको सम्बन्धमा सरकारले जुन रबैया देखाउने संकेत गरेको छ त्यसले सरकारले कसको लागि काम गरिरहेको छ भन्ने छर्लंग भएको छ ।

प्रतिक्रिया दिनुहोस