यी पाँच संकेत देखिए भने सम्झनुहोस् दिमाग कमजोर हुँदैछ

काठमाडौँ । दिमाग पनि शरीरका अन्य अंग जस्तै हो। यसलाई स्वस्थ र राम्रो अवस्थामा राख्नका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ।हाम्रो दिमागले ठीक तरिकाले काम नगर्दा वा कमजोर हुन थाल्दा हामीलाई केही संकेतहरू पठाउँछ। ती संकेतहरूलाई हामीले बेवास्ता गर्नुहुँदैन।

पहिलो संकेत स्मरणशक्तिको ह्रास हो। त्यस्तो हुन थाल्यो भने दिमागी स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता बुझ्नुपर्छ।

आवेग भएपनि ठीक काम गर्न नसक्नु
तपाईं आवेगमा काम गर्ने (इम्पल्सिभ) खालको व्यक्ति हुनुहुन्छ तर ठीकसँग काम गर्न सकिरहनुभएको छैन अनि काम गरेपछि पछुताउने गर्नुभएको छ भने तपाईंको दिमागले ठीक काम गरिरहेको छैन भनी बुझ्नुपर्छ।

दिमागमा चोट लागेपछि यस्तो लक्षण देखिन थाल्छ। मनोभ्रंश एक शुरूवाती लक्षण हुन सक्छ । यी सबै स्थितिहरूले मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स (मस्तिष्कको सोच र निर्णय लिने भाग) को कार्यलाई प्रभावित गर्न सक्छ। यसमा ध्यान दिनुपर्छ।

ऊर्जास्तर घट्नु
दिमाग स्वस्थ हुँदा उसले आफ्नो कामको आवश्यकताका लागि ऊर्जा उत्पादन गर्छ। तर हाम्रा केही खराब बानीहरूले यो ऊर्जालाई सिध्याइदिन्छन।

अति गुलियो, डब्बामा राखिएका प्रोसेस्ड खानाको अत्यधिक सेवन, अस्वस्थ बोसोयुक्त खानेकुरा, जाँडरक्सी अनि व्यायामको कमी जस्ता बानीले मस्तिष्कमा खराब असर पार्छन।

जतिखेर पनि तनावमा रहनु
जतिखेर चिन्ता पालेर बस्दा स्वास्थ्य बिग्रन्छ । धेर तनाव हुँदा शरीरले कार्टिसोल हर्मोनको उत्पादन शुरू गर्छ।

यो हर्मोन लगातार बन्दा शरीर र दिमाग दुवैलाई खराब असर गर्छ । तपाईंमा यस्तो भइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुस्।

जतिखेर पनि मूड अफ हुनु
जतिखेर पनि मूड अफ हुने वा लो फील गर्ने अवस्था आएमा तपाईंको दिमागले थप सहायता खोजेको संकेत दिन्छ। यसलाई सुधार्नका लागि चिकित्सकको परामर्श लिनुस् । मूड ठीक भएमा स्वस्थ हुनुहुनेछ।

दश वर्ष पुरानो कुरा याद नरहनु
उमेर बढ्दै जाँदा स्मरणशक्ति हराउँदै जान्छ र समस्या बढ्छ। तपाईंको दिमाग स्वस्थ छ भने निकै पुराना कुरा पनि सम्झिन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस