एक पुरुषलाई बच्चैदेखि धातुले बनेको सामान खाने लत लागे पछि यस्तो घटना घट्यो !!!

मध्य प्रदेशको छतरपुरबाट एउटा यस्तो मामिला आएको छ, जसले तपाईलाई आश्चर्यचकित पार्छ । खासमा एक पुरुषलाई बच्चैदेखि धातुले बनेको सामान खाने लत लागेको थियो । यसैकारण पनि उनको अगाडी सेफ्टी पिनदेखि घरमा भएका सबै चीजहरू लुकाइन्थ्यो । तर उनले लामो समयदेखि स्टिलले बनेको सामान खान नपाएपछि स्टिलको च-क्कु निलेका छन्।

यो घटना छतरपुरको हो । गणतंत्र दिवसभन्दा पहिला युवकले किचनमा ५ इन्च लामो च-क्कु देखेपछि निलेका छन्। उनको घाटिबाट च-क्कु आहर नलीमा फसेको थियो। जसकारण उनलाई सास फेर्न निकै अप्ठ्यारो भएको थियो।

घरपरिवारलाई लागेको थियो उनले लुकेर केहि खाएका छन्। यस्तैमा उनलाई तुरुन्तै डाक्टरकोमा लगियो र जब डाक्टरले सोनोग्राफी गरे तब सबै चकित भए। च-क्कु मुटुबाट निक्लिने रक्तनलीको नजिक थियो। च-क्कु सरेको भए रक्तनली का-टिन्थ्यो।

पेट र आहार नलीमा थियो यी चिज: युवकको पेटमा दुईओटा चम्चा र सेफ्टी पिन पनि भेटिएको थियो। पेनको रिफिल आहार नलीमा अड्किएको थियो। डाक्टरले ध्यानपूर्वक एन्डोस्कोपीको सहयोगमा च-क्कुलाई स्थितिमा राखे र विस्तारै का-टेर बाहिर निकाले। त्यस्तै, रिफिलहरू र अन्य वस्तुहरू पनि निकाले।

अहिले बिरामीको अवस्था स्थिर रहेको छ । युवकले पहिले पनि चम्चा र सेफ्टी पिन निलेका थिए। उसको पेट दुख्न थालेपछि उनको परिवारले अस्पतालमा लगेका थिए र पछि युवकलाई त्यस्तो चीज खाने लत लागेको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस