हेरौं फ्यानले रुचाएका प्रियंका कार्कीका बोल्ड तस्विर (फोटो फिचर)

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् ।उनको हाल इन्टामा १० लाख भन्दा बढी फलोर्अस रहेको छन् ।

दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण केही समय उनी चर्चामा रहिन् । पछिल्लो समयमा उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो ।

उनी आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् ।प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ । अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फागुन १५ गते काठमाडौमा भएको हो ।

उनको बाल्यकाल पनि काठमाडामै बित्यो ।प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् ।प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् ।

प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् । प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।

प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् । प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ ।७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।

प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस वि-किनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्या-मर क्षेत्रतर्फ आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलो’ईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्या’म फ्या’क्टर पनि सञ्चालन गरिन् ।यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट ।
जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो ।

यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् ।यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किइन् ।प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् ।

अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् ।

उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो ।यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री ल’भर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन ।प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो

सन् २०१४ को सिनेमा ‘झो-ले’ ।सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रो’चक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो ।तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अ’लग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रो’चकसँग अलग भएको उनी बताउँछिन् ।

सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रो-चकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने इच्छा जा’हेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे ।

तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिइन् यहि कारण उनले रो’चकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि स’म्बन्ध बि’च्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फ’लिफाप नै भयो ।

हेरौं उनले शेयर गरेका केही तस्वीरः


प्रतिक्रिया दिनुहोस