यी ५ राशि हुने मानिसहरुले गर्छन आफनो प्रेमीलाई पागल जसरी माया !!!

यस संसारमा सबै मानिस उस्तै हुँदैनन्, कसैमा केहि कुरा विशेष हुन्छ त कसैमा केहि। यहाँ कसैमा एक गुणको अभाव हुन्छ त अरू कसैमा केहिको कमी। तर राशिको कारण फरक फरक मानिसमा केहि समानता देख्न सकिन्छ।

राशिको आधारमा केहि चीजहरू जस्तै प्रकृति, चरित्र, मनपर्ने कुरा जस्ता कुरा कुनै हद सम्म समान हुन्छ। उदाहरण को लागि, यदि तपाइँको राशि कसैसँग मेल खान्छ भने यो बिचार गर्नु भएको होला कि तपाईं र उक्त मानिसमा केहि न केहि समान कुरा भेट्नु हुनेछ।

यस्तै, कोहि मानिस सामान्य भाषामा भन्नुपर्दा ‘क्लिंगी’ वा भावानार्मक रूपले निर्भर पनि हुन्छन्। यिनीहरु यदि कुनै मानिससँग भावनात्मक रूपले जोडिए भने जीवनभर उनीहरुको साथ छोड्न सक्दैनन् वा साथ छोड्न निकै गाह्रो हुन्छ। केहि राशि छन् जुन राशिका मानिस यस्तै हुन्छन्।

मिथुन राशि

यदि कसैले मिथुन राशिका व्यक्तिलाई उनीहरूको योजनाको बारेमा वा नयाँ योजना बताउँछन् भने यी व्यक्तिहरू यति उत्साहित हुन्छन् कि आफ्नो निष्कर्षमा पुग्छन्। यिनीहरू आफ्नो साथी र आफ्नै लागि ठूला-ठूला सपना देख्छन्, जुन धेरै पटक पूरा गर्न निकै गाह्रो हुन्छ। तर यदि कुनै कारणले ती सपनाहरू पूरा हुँदैनन् भने यिनीहरूलाई अझै धेरै समस्या हुन्छ। यिनीहरू आफ्नो जीवन जीवनसाथी बिना वा टाढा रहेर बस्ने बारे सोच्न पनि सक्दैनन्।

कर्कट राशि

यस राशिका मानिस निकै विश्वासयोग्य र समझदार जीवनसाथी बन्छन्यि।नीहरु आफ्नो जीवनसाथी वा प्रेमीको लागि एक पर्फेक्ट साथी बन्छन्। यिनीहरुलाई आफ्नो प्रेमको साथै आफ्ना पीडा,कष्ट पनि राम्रोसँग व्यक्त गर्न आउँछ। यिनीहरु आफ्नो प्रेमी वा जीवनसाथीप्रति पूरा समर्पित हुन्छन् र उनीहरु पनि आफू प्रति पूरा समर्पित हुन् भन्ने चाहन्छन्। यिनीहरु आफ्नो प्रेमी वा जीवनसाथीमा पूरा निर्भर हुन्छन्।

कन्या राशि

कन्या राशिका मानिस आफ्नो जीवनमा आउने कुनै पनि प्रकारका समस्यालाई डटेर सामना गर्छन्। यिनीहरु आफ्नो साथी प्रति पूरा समर्पित हुन्छन्। यस राशिका मानिसको लागि आफ्नो प्रेमीभन्दा माथि कोहि पनि हुँदैन। यिनीहरु पूरा समय आफो प्रेमी प्रति ध्यान दिन्छन्। त्यसैले यिनिहरुलाई ‘क्लिंगी’ मानिन्छ।

कुम्भ राशि

जससँग कुम्भ राशिका मानिसहरु आफ्नो जोडि बनाउँछन्, उनीहरुसँग जीवनभर साथ रहन्छन्। यिनीहरु कुनै पनि परिस्थितिमा आफ्नो आफ्नो प्रेमीबाट टाढा रहन सक्दैनन्। जोसँग पनि यिनीहरु भावनात्मक रूपमा जोडिन्छन्, उनीहरु प्रति सधैँ ईमान्दार रहन्छन्।

मीन राशि

मीन राशिका मानिसको जस्तो आफ्नो प्रेमीसँगको जोडि बन्छ त्यस्तो समझदार जोडि कसैको पनि बन्दैन। यिनीहरु आफ्नो प्रेमी वा जीवनसाथीलाई लिएर निकै केयारिंग र भावुक हुन्छन्। यिनीहरुको लागि संसारमा सबैभन्दा महत्वपूर्ण नै आफ्नो प्रेमी वा जीवनसाथी हुन्छन्।

प्रतिक्रिया दिनुहोस