करिना दोश्रो पटक र सैफ अली खान चौथो पटक बने आमाबाबु, तैमुर पनि नयाँ पाहुनाका लागि पूर्ण रुपमा तयार

करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

करीना आफ्नो गर्भावस्थाको अवधिमा धेरै सक्रिय थिइन्। उनी शारीरिक रूपमा पनि सक्रिय रही घुमिरहेकी थिईन्।करीनाले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यको अपडेटहरू शेयर गरिरहन्थिन्।

करीनाले साँझ इन्स्टामा उपहारका दुई फोटोहरू शेयर गरेकी थिईन्। सैफ र करीनाले २०१६ मा छोरा तैमूरलाई जन्म दिएका थिए। सैफ अली खान भने चौथो पटक बुबा बनेका हुन्। उनको पहिलो विवाह अमृता सिंहसँग भएको थियो। उनकी छोरी सारा अली खान र छोरा इब्राहिम अली खान छन्।

प्रतिक्रिया दिनुहोस