एक साहसी आमा: जसले आफ्नो चार महिने छोरी बचाउन यस्तो भ’यानक अवस्थाको सामना गरिन्

एजेन्सी । अष्टेलियामा एक महिलाले आफ्नो ४ महिनाको शिशुलाई निकै ख’तरनाक अवस्थावाट बचाएकी छन् । उनको यो शाहसिक कार्यको अहिले विश्वभर चर्चा भइरहेको छ । आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यानको समेत पर्वाह गर्दैनन् भन्ने कथनलाई यि महिलाले पुष्टि गरेकी छन् ।

यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान जोखिममा पारेर आफ्नो ४ महिने शिशुलाई बचाएकी छन् ।२३ वर्षिया ती आमा हुन् फियोना सिम्पसन। उनी आफ्नो चार महिनाकी छोरी र हजुरआमाको साथमा बाहिर निस्केकी थिइन् । उनले कार चलाइरहेकी थिइन् ।

त्यही बेला अचानक मौसममा परिवर्तन आयो । ठूल ठूला असिना पर्न थाल्यो । हजुरआमा र छोरीलाई लिएर कफि सप बाट बाहिरीए पछि भएको सो घटनाले उनी आश्चर्यमा परिन् ।असिनाका कारण उनले विस्तारै कार चलाइरहेकी थिइन्। तर असिना पर्ने क्रम विस्तारै बढ्दै गयो ।

पछि यस्तो सम्म भयो कि उनको कारको सिसानै फुटालेर असिना पर्न थाल्यो । उनको चार महिने शिशु हजुरआमासंग कारमा पछाडी थिइन् । असिनाले कारको सिसा फुटाल्न थालेपछि उनको शिशुको ज्यान जोखिममा पर्यो । उनले तत्काल कार रोकिन र आफु पछाडी गएर शिशुलाई काखमा लिइन् ।

माथिबाट परिरहेका ठूला ठूलो असिना आफुले थापिरहिन् । सिम्पसन पछाडी गएपछि पनि कारको पछाडीको सिसा फु’टाउँदै असिना लगातार बर्सन थाल्यो।बेग्र गतिमा आएको असिनाले सिम्पसन्को शरीर छि’या छि’या ब’नायो ।

उनी गम्भिर घाइते भइन्। तर शिशुलाई बचाउन उनले कुनै कसर बाँकी राखिनन्। सिम्पसनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै भनिन्, ‘अवस्था निकै भ’या’नक भयो। मैले शिशुलाई बचाउन बाहेक केही सोच्नै सकिन। केही सेकेन्डमात्र ढिलो भएको भए बेग्लै परिणति निम्तने थियो।

प्रतिक्रिया दिनुहोस