वास्तुशास्त्र अनुसार जसले यी उपाय अनुसार घरमा लक्ष्मी भित्र्याउँछन् उनिहरुकाे खुल्नेछ समृद्धिको बाटो, एक पटक अवश्य पढ्नुहाेला

वास्तुशास्त्र अनुसार जसले यी उपाय अनुसार घरमा लक्ष्मी भित्र्याउँछन् उनिहरुकाे खुल्नेछ समृद्धिको बाटो, एक पटक अवश्य पढ्नुहाेला । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ ।

क) पर्खालको मोटाइ:- घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन स् घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

ख)दक्षिण पश्चिममा अग्ला रुख:- घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् । ग) घरको बीच भाग खालि राख्ने:- घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

घ) भण्डार कक्ष कहाँ राख्ने:- भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ । ङ) प्याजी रंग घरमा:- प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।

च) झ्याल ढोकाको सफाइ:- घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

छ) मुख्यद्वारको सजावट:- घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ । ज) चराहरूलाई दानापानी दिन डुँड:- घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

याे पनि, गहुँको जमराको जुसले दिन्छ यस्तो चमत्कारिक फाइदा, जान्नुभयाे भने सेवन गर्न थाल्नुहुनेछ । जमरा आयुर्वेदिक औषधि हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । खासमा जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ ।

खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ हुने चिकित्सक नै बताउँछन् । मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस