स्मार्ट र प्रिय बुहारी कसरी बन्ने ? १० टिप्स !

के म मेरो पति र परिवारलाई खुसी राख्न सक्छु ? याे अक्सर नव-दुलहीको मनमा उठ्ने प्रश्न र यो स्वभाविक पनि हो। परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनिमा पनि भर पर्छ। जब बुहारी बनेर अर्को घरमा प्रवेश गरिन्छ, सबै कुरा नौला हुन्छन्। परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार भिन्न हुन्छ।

आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ। यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ। पहिरन सजिलो र छरितो लगाउनुपर्छ। यद्यपी बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन। परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ।

कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन्। तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन्। नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ।त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ। परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ।

कसरी जित्ने परिवारको मन ?
– सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने। अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ।
– परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न।

– तपाईको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ। यदि तपाईको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौ । । पति को समस्या, भावना, जिम्मेवारीलाई बुझ्नुहोस्।
– यदि तपाई पतिसँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केहि न केहि कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईको समर्पण देखाउँछ।

– एउटै छानोमुनी बसेपछि कहिले कहि ठाकठुक पर्छ, मनमु-टाव हुन्छ। परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौ। यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।

– घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ। अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ?
– यदि तपाई खाना बनाउन सिपालु हुनुहुन्छ भने, यहि माध्यामबाट परिवारको मन जित्न सक्नुहुन्छ। उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाई, सजावटमा पनि कला देखाउनुहोस्।

– पहिरन सजिलो र छरितो लगाउनुपर्छ। यद्यपी बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन। तपाई पनि आफुलाई फेसनेवल देखाउन सक्नुहुनेछ। यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईलाई शालिन, शुसिल देखियोस्।
– घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस्। आफ्नो कर्तव्य पुरा गर्नुहोस्।
– सकारात्मक माहौल बनाउनुहोस् । सधै खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।

प्रतिक्रिया दिनुहोस