सामाजिक सञ्जालमा ‘यो मेरो अन्तिम पोष्ट हो’ लेख्दै चर्चित अभिनेत्री रानीले लिइन् यस्तो निर्णय

एजेन्सी । एक चर्चित अभिनेत्रीले सामाजिक सञ्जालमा अन्तिम सन्देश लेखे पछि सामाजिक सञ्जामा निकै हलचल भएको छ । उनले के निर्णय लिन लागिन् भनेर सबैलाई चासो भएको हो । भोजपुरी सुपरस्टार रानी चैटर्जी सोशल मिडियामा निकै नै सक्रिय रहने अभिनेत्रीको रुपमा चिनिंदै आएकी हुन् । उनका फ्यानहरुले उनको नयाँ नयाँ गतिविधीलाई हेर्नकोलागी पर्खि रहेका हुन्छन् ।

तर अब ती उनका फ्यानहरुलाई भने दुःखको म्यासेज दिएकी छन् रानीले । आफ्नो धेरै फ्यानहरुको मन दुखाएर रानीले सोशल मिडियामा नआउने बाचा गर्दै रानीले अन्तिम पोष्ट गरेकी छन् । उक्त पोष्टमा रानीले आफुले सोशल मिडियाबाट ब्रेक लिएको बताएकी छन् ।

उनले केही दिनकालागी सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट टाढै रहने कुरा गरेकी छन् । उनले यस विषयमा जानकारी दिंदै लेखेकि छन्,‘यो सायद सामाजिक सञ्जालमा मेरो अन्तिम पोष्ट हुनेछ । मैले केही दिनकालागी ब्रेक लिंदैछु ।

चाँडै नै नयाँ जोश र जाँगरका साथमा फेरी म आउने छु ।’ उनको यही पोष्ट अहिले सामाजिक सञ्जालमा निकै नै भाईरल भईरहेको छ । उनको यो पढेर उनका धेरै फ्यानहरुले उनलाई यस्तो नर्गन सुझाव दिएका छन् । अभिनेत्री रानीले किन अचानक यस्तो निर्णय लिईन् यो भने उनले खुलाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस