तपाईको बालबालिकालाई पनि कब्जियत भएको छ, यस्तो छ घरेलु उपचार

काठमाडौं – कब्जियत भएमा पेट ठीक ढंगले सफा हुन पाउँदैन । साथै मल त्याग गर्ने समयमा कष्ट हुन्छ । कब्जियत भएका व्यक्ति स्वस्थ्य व्यक्ति भन्दाको तुलनामा कम पटक शौच गर्छन् ।सामान्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई वा तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । त्यसकारण उनीहरुको पेट भारी हुन्छ । शरीर छरितो महसुश हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या समेत हुन सक्छ ।

कब्जियत हरेक उमेर समुहका मानिसलाई हुने एक आम समस्या हो । यो समस्या बालबालिकाहरुमा पनि देखिने गर्छ । बालबालिकाले कस्तो शैच गर्छ र कती दिनमा गर्छ भन्नेमा अभिभाबकले बिशेष ध्यान दिनुपर्ने हुन्छ ।बालबालिकालाई कब्जीयत भएमा यस्तो घरेलु तरिकाअपनाएर उपचार गर्न सकिन्छः

ग्लिसरीन सपोसिटरी मलद्धार भित्र राखि दिने, यसले जाम भएर अड्केको दिशा खुलाउँछ ।

सिरप ल्याक्टुलोज बच्चाको तौल जति किलो छ त्यति नै एम एल दिनको एक पटक खुवाउने, दिशा नरम गर्न थालेपछि ल्याक्टुलोज खुवाउन बन्द गनुपर्छ । ल्याक्टुलोज बालबालिकाको लागी सुरक्षित हुन्छ यो खुवाउँदा बानि पर्दैन ।

२ दिनसम्म दिनको १ पटक ल्याक्टुलोज खुवाउँदा पनि दिशा गर्न गाह्रो भए दिनमा २ पटक सम्म खुवाउनुपर्छ ।

प्रशस्त पानी खुवाउने, फिजीकल एक्टिभिटि बढाउनुपर्छ ।

पूरक आहार प्रशस्त मात्रामा खुवाउनुपर्छ । नछिलेको स्याउ, नसपाती केरा, सुन्तला, स्टोबेरी, किम्मु, सिमि, बोडि, नछिलेको आलु, मुसुरको दाल, गहँुको दलीया जस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ ।दुग्ध पदार्थ, मासु, फास्ट फुड, तारेको खानेकुरा, प्रशोधित गुलियो पेय पदार्थ कम मात्रामा खुवाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस