हिमानिको कान्छि छोरी कृतिकाले छोटो लुगा लगाएपछि जेठि छोरीको बचाऊ

पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह र कान्छि छोरी कृतिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छन् । उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन् । उनीहरु अरुले जस्तै रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजिन गर्ने गर्छन् । आमा हिमानी शाह जस्तै शालिन, भद्र र अनुशासित छोरीहरु सामाजिक संजालमा फोटो सार्वजनिक गर्दा पहिरनमा ख्याल गर्छन् । तर, पुर्णिकाको एक तस्बिरमा भने पहिरनमाथि प्रश्न उठेपछि दिदि पुर्णिकाले बचाऊ गरेकि छिन् ।

इन्स्टाग्रामको एक तस्बिरमा कृतिको पहिरनमा प्रश्न उठेपछि पुर्णिका बहिनिले जस्तो कपडा लगाएपनि के समस्या भन्दै बचाऊ गरेकि छिन् । कृतिकाको एक तस्बिरमा ‘हजुर जस्तो महान व्यक्तिलाई यस्तो पहिरन सरन गर्न सोभा दिदैन सरकार । आगामी दिनहरुमा यस्तो माथि नहोस् भने विन्ति टक्राउँछौँ । सरकारको जय होस् ।’ भन्दै एकजनाले प्रतिक्रिया जनाएपछि पुर्णिकाले ‘तिमि को हौँ, महिलाको पहिरनमा प्रश्न गर्ने ? महिलाले कुन लुगा लगाउने र नलगाउने भन्ने को हौँ’ भन्दै प्रतिक्रिया दिएकि छिन् ।

पुर्णिकाको उक्त प्रतिक्रियामा सहमति जनाउदैँ धेरैले प्रशंसा समेत गरेका छन् । अक्सर पुर्वराजपरिवारले पहिरनमा ख्याल गर्ने गरेका छन् । तर, विरोधिहरुले भने अनावश्यक प्रश्न गर्ने गरेका छन् । पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो कुनै समय भाइरल भइरहेको थियो । छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्ट मा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजाल मा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।

सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण देखाइदिएका छन् । पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ । सोमवार मात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।

सोमवार अपलोड भएको भिडियो एकैछिनमा भाइरल भएकोथियो । मंगलवार विहानैदेखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका मा अभिनय गरेकी छन् । छोरी हरु लाई भेट्न थाइल्यान्ड पुगेकी र ल’कडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् । छन् ।

उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन् । उनीहरु अरुले जस्तै रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजिन गर्ने गर्छन् । आमा हिमानी शाह जस्तै शालिन, भद्र र अनुशासित छोरीहरु सामाजिक संजालमा फोटो सार्वजनिक गर्दा पहिरनमा ख्याल गर्छन् । तर, पुर्णिकाको एक तस्बिरमा भने पहिरनमाथि प्रश्न उठेपछि दिदि पुर्णिकाले बचाऊ गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस