इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ,तोलाको कतिमा झ’र्यो ?

नको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो पनिपढ़नु होस:काठमाडौं । हामीले समय समयमा सुन्दै आएका छौँ कि माटोमा पैसा लगाउँदा बढ्दै जान्छ । तर रुखमा पैसा फल्दैन् । तर के हुन्छ जब माटोमा सुनचाँदी फेला पर्न थाल्छ । भारत, उत्तर प्रदेशको शामलीमा किसानले माटोले भरिएको ट्र्याक्टर ट्रलीले आफ्नो भाग्य खोल्यो ।

वास्तवमा, त्यहाँ खन्दै गर्दा सुन र चाँदीका सिक्का बाहिर आउन थाले । यी सिक्का पुरानो समयका हुन् । गाउँलेहरूले सिक्का ट्र्याक्टरको ट्रेलबाट खसेपछि थाहा पाएका हुन् । खेतमा भएको सम्पतिका बारेमा जानकारी पाउने बित्तिकै ठूलो संख्यामा गाउँलेहरू त्यहाँ भेला भए ।

सबै जनाले सुनचाँदीका सिक्का लिएर गएको खुलेको छ । प्रहरी घटनास्थल पुगेपछि गाउँलेहरूले सिक्का लिएको कुरा अस्वीकार गरिरहेका थिए । तर आजतकको रिपोर्ट अनुसार तीन वटा सिक्काको फोटो लिइएको छ । यसमा दुई सुन र एउटा चाँदीका सिक्का छन् ।

प्रतिक्रिया दिनुहोस