प्रेमिका भगाउँन घरमा छिरेको केटाले जव आमालाइ पनि संगै भगाएर लगेपछि…

एजेन्सी । भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमालाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरीलाई नै भगाएका हुन् ।

प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउजालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् । युवकले कुनै पनि हालतमा प्रेमीकालाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झ’ग’डा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौ’डाएका हुन् ।

युवकले प्रेमीकाकी आमालाई बालसरिङ रिङ रोड पुगेपछि कारबाट निकालेर आफूहरु मात्र भागेको समाचारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि : यी चार साइटले फेसबुक र टिकटकको लत छुटाइदिन्छ

फेसबुक,ट्वीटर,इन्टाग्राम र टिकटक लगायतका सामाजिक सञ्जाल अहिले धेरैका लागि लत नै बनिसकेको छ । यी सामाजिक सञ्जालबाट धेरथोर सूचना र जानकारीसँगै मनोरञ्जन प्राप्त गरे पनि धेरैले भने फोकटमा समय खेर गएको अनुभव गर्ने गर्दछन् । यदि तपाईलाई पनि यस्तै लाग्छ भने यी अनलाइनहरु अवश्य भिजिट गर्नुहोस्,जसले तपाईको समय सदुपयोग हुनुको साथै ज्ञान पनि बढ्नेछ ।

१ टेड

यो साइटले तपाईलाई नयाँ नयाँ आइडिया उपलब्ध गराउदछ । जसले गर्दा तपाई उत्प्रेरित बन्न सक्नुहुन्छ । टेडको परिकल्पना सन् १९८४ मै भएको थियो । प्रविधि,मनोरञ्जन र डिजाइनका क्षेत्रमा नयाँ आइडियाहरु आदनप्रदान गर्ने उदेश्यले त्यतिखेर अमेरिकामा एउटा कार्यशाला भएको थियो । त्यही कार्यशालाको स्वरुप नै अहिलेको टेड हो ।

२. खान एकेडेमी

खान एकेडेमीका बारेमा धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर विश्वका धेरै इन्टरनेट प्रयोगकर्ता माझ यो निकै लोकप्रिय प्लेटफर्मको रुपमा रहेको छ । यसको शुरुवात सलमान खान नामक एकजना भारतीय युवाले सन् २००६ मा गरेका थिए । उनले नयाँ नयाँ सिकाइको संस्कार फराकिलो बनाउने उदेश्यले यो अनलाइन प्लेटफर्मको विकास गरेका थिए । यस प्लेटफर्ममा विशेष गरी गणितका,भौतिकशास्त्र र प्रोग्रामिङका नयाँ नयाँ अपडेट पाइन्छन् ।

३. क्वेरा

तपाई पज्जल गेममा रुची राख्नुहुन्छ भने क्वेराका बारेमा अवश्य जानकारी होला । यो प्लेटमर्फममा तपाईलाई थाहा नभएका र थाहा हुन चाहेको विषयमा प्रश्न राख्नसक्नुहुन्छ । जुन प्रश्नको जवाफ अरुबाट पाउनुहुन्छ । यस्तै तपाईलाई कुनै प्रश्न वा जिज्ञासाको उत्तर वा जानकारी छ भने शेयर गर्न सक्नुहुन्छ । यो विशेष गरेर जानकारी चाहिने र विज्ञता हासिल गरेकाहरुका लागि उपर्युक्त प्लेटफर्म हो ।

४. वीकीहाउ

यदि तपाईलाई नयाँ नयाँ स्किलका बारेमा आइडिया आवश्यक छ भने इन्टरनेटमा वीकीहाउ लगइन गर्नसक्नुहुन्छ । यसमा स्टेप बाइ स्टेप जानकारी दिइएको हुन्छ । अर्थात के र कसरी भन्ने जानकारी तपाईले यसबाट पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस